विश्वकपमा आजराति इङल्याण्ड र ओमान खेल्दै
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार १८:१७:३३
३१ जेठ, काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज राति समूह बी अन्तर्गत इङल्याण्ड र ओमानबीच खेल हुँदै छ । एन्टीगाको सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल आज राति १२; ४५ बजेदेखि शुरु हुँदै छ । जारी विश्वकपमा इङल्याण्डले राम्रो सुरुवात गर्न सकेको छैन ।
पहिलो खेल स्कटल्याण्डविरुद्ध वर्षाले रद्द भएपछि एक अंक हासिल गरेको इङल्याण्डले दोस्रो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको थियो । इङल्याण्डको अहिले २ खेलमा एक अंक रहेको छ । त्यस्तै ओमानको भने यस विश्वकपमा यो अन्तिम खेल हो । यस अघि लगातार तीन खेलमा हार बेहोरेको ओमान समूह चरणबाटै बाहिरिएको छ ।
इङल्याण्ड र ओमानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा हुन लागेको यो पहिलो खेल हो । इङल्याण्डले सुपर आठमा आफ्नो स्थान सुरक्षित गर्न यो खेल ठुलो अन्तरले जित्नुपर्ने अवस्था रहेको छ । समूह बी बाट अस्ट्रेलिया लगातार तीन खेल जितेर सुपर आठमा पुगेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक खेल वर्षाले रद्द भएपछि ५ अंक हासिल गरेको छ ।
अब स्कटल्याण्ड अन्तिम खेलमा अस्ट्रेलियासँग खेल्दै छ । यस अवस्थामा इङल्याण्डले यो खेल तथा नामिबियासँगको खेल फराकिलो अन्तरले जितेमा तथा अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा इङल्याण्डको सुपर आठको बाटो खुल्ने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार