आईएमएफद्वारा श्रीलङ्काको कर्जा सहयोग निकासा
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार १८:५३:१९
३१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष 'आईएमएफ' ले चीनलगायत श्रीलङ्काको वैदेशिक ऋणको महत्वपूर्ण पुनर्संरचनामा ढिलाइ भएपनि ३३ करोड ६० लाख अमेरिकी डलर बराबरको ऋण किस्ता 'बेलआउट' का रुपमा निकासा गरेको छ ।
आईएमएफले आफ्नो पछिल्लो समीक्षापछि भनेको छ, “श्रीलङ्काले पुनरुत्थान गर्न थालेको छ, तर अर्थतन्त्र अझै पनि कमजोर छ र ऋणको दिगोपनाको बाटो जाखिममा नै रहेको छ ।
सन् २०२२ को अप्रिलमा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुको आयातका लागि समेत विदेशी मुद्रा अभाव भएपछि श्रीलङ्काले आफ्नो बाह्य ऋण तिर्न नसकेपछि आइएमएफले उसलाई नियमित किस्ता तिर्ने शर्तमा ऋण उपलब्ध गराउँदै आएको छ ।
महिनौंसम्म चलेको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई भ्रष्टाचार र कुव्यवस्थापनको आरोप लागेपछि पद छोड्न बाध्य बनाएको थियो भने देशलाई सबैभन्दा खराब आर्थिक सङ्कटमा धकेलेको थियो ।
आइएमएफको कर्जा समितिले कोलम्बोसँग गत मार्चमा भएको कर्मचारीस्तरीय सम्झौतालाई अनुमोदन गरेको छ । समितिले ऋण पुनर्संरचना सम्झौतामा पुग्न श्रीलङ्काको प्रयासको स्वागत गरेको छ, तर देशले द्विपक्षीय ऋणदाता, निजी ऋणदाता र चीनको निर्यात–आयात बैङ्कसँगका सम्झौताहलाई छिटो अन्तिम रूप दिनुपर्छ ।
आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निर्देशकहरूले बाह्य निजी ऋणदाताहरूसँग तुलनात्मक, पारदर्शी र समयमै पुन: संरचना पूरा गर्ने महत्वमा जोड दिएका छन् । श्रीलङ्काको कुल वैदेशिक ऋणको करिब १० प्रतिशत हिस्सा बेइजिङले ओगटेको छ ।
चीनले डिसेम्बरमा श्रीलङ्काको ऋणको पुनर्संरचना गर्न ‘सैद्धान्तिक रूपमा’ सहमति जनाएको थियो, तर कोलम्बो र बेइजिङ दुवैले विस्तृत विवरण दिएका थिएनन् र दुई देशबीच सम्झौता हुन बाँकी छ ।
राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिक्री तथा व्यक्तिगत आय कर बढाएका छन्, ऊर्जा अनुदान कटौती गरेका छन् र आईएमएफको उद्धार सम्झौताअनुरूप सुधार र मितव्ययिताका उपाय अघि सारेका छन् ।
श्रीलङ्काको वार्षिक ऋण भुक्तानी आधिकारिक रूपमा ६।० अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । यसमा सन् २०२३ को अन्त्यसम्ममा ४१.५ अर्ब अमेरिकी डलर रहेको बाह्य ऋण पनि समावेश छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
काठमाडौंविरुद्ध ब्याटिङ गर्दै विराटनगर
मंसिर ३०, २०८१ आइतबार
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
मंसिर ३०, २०८१ आइतबार
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
मंसिर ३०, २०८१ आइतबार
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
मंसिर ३०, २०८१ आइतबार
उधौली पर्व/योमरी पुन्हि (ज्यापु दिवस)/धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल
मंसिर ३०, २०८१ आइतबार