विश्वकपबाट बाहिरियो श्रीलंका
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार ७:२८:१७
३२ जेठ, काठमाडौं । श्रीलंका जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । गएराति सम्पन्न समूह 'डी' अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो । यस खेलमा बंगलादेशले नेदरल्याण्डसलाई २५ रनले पराजित गरेको थियो ।
बंगलादेशले दिएको १६० रनको लक्ष्य पछाएको नेदरल्याण्डस २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएपछि बंगलादेश २५ रनले विजयी भएको थियो । यस अघि बंगलादेशले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । यो खेलपछि समूह डी मा बंगलादेशले ३ खेलमा २ जित र एक हारसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै नेदरल्याण्डसको ३ खेलमा एक जित र २ हारसहित २ अंक भएको छ र तेस्रो स्थानमा छ । यसै समूहमा रहेको नेपालको २ खेलमा एक अंक रहेको छ । त्यस्तै श्रीलंकाले ३ खेलमा २ हार र नेपालविरुद्धको खेल वर्षाले रुद्ध हुँदा एक अंक हासिल गरेको छ । योसँगै श्रीलंकाको विश्वकप यात्रा समूह चरणबाटै सकिएको छ ।
यस समूहबाट दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । अब सुपर आठको दौडमा बंगलादेश नेदरल्याण्डस र नेपाल रहेका छन् । अब दक्षिण अफ्रिका र नेपालबीच शनिबार बिहान खेल हुने छ भने जुन १७ मा नेपाल र बंगलादेशबीच खेल हुँदै छ । त्यस्तै जुन १७ मै नेदरल्याण्डस र श्रीलंका खेल्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने
कात्तिक २९, २०८१ बिहिबार
यु–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज युएईसँग खेल्दै नेपाल
कात्तिक २८, २०८१ बुधबार
लुम्बिनी लायन्समा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार दिने
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटन प्रवर्द्धन गर्न लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव
कात्तिक ३०, २०८१ शुक्रबार
दाङबाट नक्कली नोटसहित चार जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
सुप्रिम सहकारीको रकम अपचलनबारे बयान लिएर रवि लामिछानेलाई भैरहवाबाट लगियो पोखरा
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार