धेरै वाणिज्य बैंकले असारमा घटाए ब्याजदर, धेरै मुनाफा कमाउने नबिलले बढायो, ग्लोबलले घटायो
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार ११:५६:२३
३२ जेठ, काठमाडौं । असारमा धेरै जसो बैंकहरूको ब्याजदर घटेर आएको छ । यो दर असार १ गतेदेखि लागु हुन्छ । असारका लागि बैंकहरुका व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम भएको छ । जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.९९ प्रतिशत थियो । बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३ प्रतिशत विन्दुले घटेको छ ।
असार महिनाका लागि लागु हुने गरी प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार ११ वटाले निक्षेपमा दिने ब्याजदर घटाएका हुन् । ३ वटा बैंकले मात्रै ब्याजदर बढाउँदा ५ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् । असारमा ब्याजदर स्थिर राख्नेमा नेपाल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । नेपाल बैंकले असार महिनाका लागि व्यक्तिगत तर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले असार महिनाका व्यक्तिगत तर्फ अधिकतम ७ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सिद्धार्थ बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
१० महिनामा सबैभन्दा धेरै मुनाफा कमाएको नबिल बैंकले असारमा ब्याजदर बढाएको छ । नबिलले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो । हिमालयन बैंकले पनि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
असार महिनामा सिटिजन्स, एभरेष्ट, ग्लोबल आईएमई, कुमारी र लक्ष्मी सनराइन बैंकले जेठको भन्दा कम ब्याज दिएका छन् । नेपाल एसबीआई, एनआईसी एशिया, एनएमबि, प्राइम, राष्ट्रिय वाणिज्य र सानिमा बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन् । सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले असारका लागि जेठको तुलनामा ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागत तर्फ ६.५ प्रतिशत ब्याजदर दिएको थियो ।
हिमालयन, माछापुच्छ्रे र नबिल बैंकले भने बढी ब्याज प्रस्ताव गरेका छन् । ब्याजदर यथावत् राख्ने वाणिज्य बैंकहरु कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंक हुन् । असार महिनाका लागि प्रकाशित दरअनुसार सबैभन्दा बढी ब्याज हिमालयन बैंकले दिनेछ । हिमालयनले मुद्दती निक्षेपमा वार्षिक ८.२५ प्रतिशत ब्याज दिने बताएको छ । माछापुच्छ्रे, एनआईसी एशिया, एनएमबि र प्रभुले ७ प्रतिशतभन्दा बढी ब्याज दिनेछन् भने नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्डले अधिकतम ७ प्रतिशत ब्याज प्रस्ताव गरेका छन् ।
एनआईसी एशिया बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कुमारी बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
एभरेष्ट बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.५० र संस्थागततर्फ ५.५० प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो । एनएमबी बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
सिटिजन्स इन्टरनेशनल बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.८ प्रतिशत र संस्थागततर्फ ५.८ प्रतिशत ब्याजदर कायम गरेको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत निक्षेपतर्फ र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल एसबीआई बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३ प्रतिशत र संस्थागततर्फ ५.३ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । लक्ष्मी सनराइज बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार