रमेश लेखकको प्रश्न: सरकारले संसदकाे गरिमा गिरायो, प्रधानमन्त्री संसदमा आउन डराएको हो ?
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार ११:५७:२२
३२ जेठ, काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश भ्रमण बारे संसदलाई जानकारी गराउन माग गरेको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुँदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
लेखकले प्रधानमन्त्री संसदमा नआएको बताउँदै सरकारले संसदको गरिमालाई कमजोर बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफुहरुले जवाफ माग गरेको तर प्रधानमन्त्री संसदमा नै नआएको बताए ।
उनले प्रधानमन्त्री डराएर संसदमा नआएको हो भन्दै प्रश्न गरेका छन् । उनले सरकारले संसदको अपमान गरेको बताउँदै संसद चलिरहेको बेला सरकार प्रमुख, राष्ट्रप्रमुख विदेश जाँदा संसदलाई जानकारी गराउनुपर्ने स्मरण गराए । प्रधानमन्त्री भारत गएको र राष्ट्रपति विदेश गएको विषय आफुहरुले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य भएको बताए ।
लेखकले संसदको अर्को बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण बारे जानकारी गराउन माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार