बस र कार जुधेर घाइते भएकाहरूको पहिचान खुल्यो
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार १२:४०:१
३२ जेठ, धादिङ । शुक्रबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिक दुई वटा सवारीसाधन एकापसमा ठोक्किँदा घाइतेभएकाहरुको पहिचान खुलेको छ । घाइते संख्या १३ रहेको छ भने ती मध्येक ६ जनाको अवस्था सामान्य र ३ जना गम्भिर छ भने ४ जना डिस्चार्ज भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्री बस त्रिशूली नदी किनारमा खसेको थियो । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको प्रत्यक्षदर्शीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक तथा प्रहरी प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठका अनुसार कारमा सवार तीन जनाको अवस्था भने गम्भीर छ । उनीहरु कास्कीको पोखरा उपमहानगरपालिका ५ का ३५ बर्षीय समीर ओझा, काठमाडौँ टोखा नगरपालिका ६ बस्ने २२ बर्षीय शेखर मिश्र र ललितपुर महानगरपालिका २४ बस्ने २१ बर्षीय सिृजन ओझा रहेका छन् ।
उनीहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । कारमा सवार ललितपुर महानगरपालिका २४ बस्ने १७ बर्षको सितल ओझा, सोही स्थानकी ३५ बर्षीया सरिता ओझाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेभएका ४ जनाको उपचार सकिएको छ ।
बसमा सवार बर्दियाको बर्दिया नगरपालिका १२ बन्जाई बस्ने वर्ष ३० को थिर बहादुर के.सी, बर्दिया नगरपालिका ८ का ४८ वर्षका दरु बहादुर शाही, बर्दिया नगरपालिका ९ बस्ने ४८ वर्षका रामकिरण थारु र सोही स्थानका ३४ बर्षीय बलबहादुर चोधरी स्थानीय पोलिक्लिनिक फिस्लिङमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
दुर्घटनामा मध्यम घाइतेहुनेहरुमा बसमा सवार नवलपुर गैंडाकोटका ३८ बर्ष दिलमाया बि.क, सोही स्थानकी १९ बर्षीया परिका सुनार, बाँके कोहलपुर १२ बस्ने ४८ बर्षका धिरेन्द्र बहादुर केसी, बर्दिया बाँसगढी नगरपालिका ९ बस्ने ४८ बर्षका रामकृष्ण थारु रहेका प्रहरीले जनाएकोा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार