तीन व्यवसायिक संस्थाले गरे भक्तपुरमा रक्तदान
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार १३:५८:०
३२ जेठ, भक्तपुर । विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार भक्तपुरका रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गोर्खा इको प्यानल जगाती भक्तपुर, गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि झौखेल भक्तपुर र गोर्खा चाइनिज इटा काभ्रे गरी तीन वटा व्यवसायिक संस्थाहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् ।
सामाजिक उतदायित्वको कार्यक्रम अन्तर्गत नाफा लिने उद्देश्यकासाथ सञ्चालित व्यवसायिक संस्थाहरुले नाफाको केही रकम सेवामा लगाउनुपर्ने व्यवस्था अनुसार दोश्रो पटक रक्तदान कार्यक्रम गरेको कम्पनीहरुका अध्यक्ष विश्वराम कवांले बताए । उनका अनुसार तीन वर्ष अघि पनि संस्थाले पहिलो पटक रक्तदान कार्यक्रम गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ३५ पुरुष र दुईजना महिला गरी कुल ३७ जनाले रक्तदान गरेका थिए । रक्तदानमा सहभागी सवैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढी झौरबहीमा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार