असार ४ गतेदेखि विश्वका ७५ बढी मुलुकमा सहायता उपलब्ध गराउने विश्व बैंक समूहको बैठक
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार १५:२३:३७
३२ जेठ, काठमाडौं । विश्वसका ७५ भन्दाबढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठक आगामी असार पहिलो साता काठमाडौँमा आयोजना हुँदैछ । आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौँमा आइडा–२१ के बैठक आयोजना हुन लागेको हो ।
आइडाले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दाबढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडाको बैठक हरेक तीन वर्षमा हुँदै आएको छ । यसपटक बैठकको प्रमुख एजेन्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ ।
उक्त बैठकबारे जानकारी दिन आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आइडा–२१ को बैठकले स्रोत परिचालनका लागि कस्तो नीति अवलम्बन गर्ने भन्ने मार्गदिशा तय गर्ने र नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास व्यक्त गरिएको छ । उक्त बैठक नेपालमा आयोजना हुनु भनेको नेपालका लागि सकारात्मक पक्ष हो । यसले नयाँ अवसर सिर्जना गर्नेछ ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फारिस हदाद जेर्बोसले नेपालको दिगो र समावेशी विकासका लागि आइडाले वित्तीय स्रोत उपलब्ध गराउँदै आएको छ । आइडा परिणाम हासिल गर्न सक्षम, पारदर्शी र जवाफदेही मञ्च पनि हो ।
आइडा–२१ बैठकका क्रममा विश्वव्यापी विकास लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोतको संकलन र नवीकरण गर्न दाताहरु तथा ऋण लिने राष्ट्र एकैठाउँमा बसेर छलफल गरी आगामी रणनीति तयार गर्नेछ । आइडा सहुलियतपूर्ण वित्तीय सहायताका लागि विश्वको सबैभन्दा ठूलो स्रोतका रुपमा रहेको छ ।
आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि, पूर्वाधारलगायत क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि काम गर्दै आएको छ । अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले आइडा नेपालको सबैभन्दा ठूलोमध्येको एक विकास साझेदार संस्था रहेकाले जलवायु वित्तलगायत नेपालको चासो र हितका विषयमा मार्गदिशा तय गर्न यो बैठक महत्वपूर्ण हुने बताए ।
असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन् । बैठकमा ७० देशका दुई सय भन्दाबढी व्यक्ति सहभागी हुँदैछन् । बैठक व्यवस्थापनका लागि अर्थसचिव मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ ।
विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडा बैठकमा विश्व बैंकका अध्यक्ष अजय बङ्गालगायत उच्च पदस्थ अधिकारी सहभागी हुँदैछन् । सन् १९६० मा स्थापना भएको आइडा विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमापछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार