मुगुमा बेमौसमी सिमी उत्पादन भएपछि तरकारीको समस्या हट्यो

नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार १५:४५:२८

३२ जेठ, मुगु । सोरु गाउँपालिका–८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ । कच्चेकी अर्की गृहिणी नन्दादेवी बुढा एक वर्षअघिका दिन सम्झँदै भन्छिन् “बिहान बेलुका खाना बनाउन लाग्दा के तिउन, तरकारी बनाउने भनेर सधैँ चिन्ता लाग्ने गरेको तर अब त्यो झर्को टरेको छ । ” उनीहरुमा मात्र होइन यस वर्षको जेठ, असारमा कच्चे गाउँका सबै घरधुरीका गृहिणीलाई भात, रोटीसँगै खान तरकारी र दालको झर्को टरेको छ ।
कच्चे गाउँका चक्रबहादुर कार्की विगत वर्षहरुमा असारमा सिमी, मास तथा अन्य गेँडागुडी लगाएर कात्तिकमा पाक्ने र टिप्ने गर्थे । उनले वर्षमा एकचोटि मात्र हुने दलहन बालीबाट उत्पादित दाल पाँच महिना मात्र पुग्थ्यो त्यसपछिका वैशाख, जेठ, असार महिनामा के दाल बनाउने भनेर घरका घरिनालाई चिन्ता हुन्थ्यो अब भने त्यो चिन्ता हटेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय गमगढी मुगुले यहाँका कृषकलाई बेमौसमी सिमी खेती गर्न सिकाइ यस वर्षबाट खेती गर्न सुरु गराएपछि बेमौसममा पनि सिमी उपलब्ध भएपछि कच्चे गाउँका स्थानीय दाल बनाउने झर्को टरेको हो ।
यो गाउँका स्थानीयले फागुन महिनामा सिमी लगाएका थिए अहिले पाकेर सिमी निकाल्ने चटारोमा छन् । परियोजना कार्यान्वयन एकाइ कार्यालय मुगुका प्रमुख तेजविक्रम मल्लले वर्षौंदेखि वर्षमा एकचोटि मात्र सिमी खेती गर्दै आएका कच्चेवासीले सुरुमा बेमौसममा सिमी लगाउन सिकाउँदा विश्वास नै गरेका थिएनन्, जग्गा बिग्रने भयो, बीउ मर्ने भयो भनेर चिन्ता मान्ने गरेका थिए, हामीले सिमीको बीउसहित सिमी राख्ने भकारीसहित निःशुल्क तालिम दिएपछि बेमौसमी सिमीखेती लगाउन गाउँले राजी भएको बताए ।
उनले भने , “हामीले गरेको योजनाअनुसार सिमी उत्पादन नभए के गर्ने, कृषकले के भन्लान् भन्ने चिन्ताका बीच सिमी खेती राम्रो र गुणात्मक उत्पादन भएपछि कृषक खुसी भएका छन् । वर्षमा दुईचोटि सिमी उत्पादन हुने भएको छ । फागुनमा लगाएको सिमी जेठ र असारमा लगाएको सिमी कात्तिकमा टिप्ने भएका छन् । ”
परियोजनाको प्राविधिक तथा आथिक सहयोगमा कच्चे जिउलाको चार हेक्टर जमिनमा कच्चे गाउँका ८० घरधुरिले सिमी खेती गरेका छन् । कृषकले राम्रो उत्पादन गरेर बिक्री गर्न चाहेमा कार्यालयले कृषकलाई बजारसम्म लैजान ढुवानी अनुदान दिने परियोजन प्रमुख मल्ल बताउछन् ।
उनले भने, “बेमौसमी सिमी उत्पादन भएपछि घरका महिला बढी लाभान्वित भएका छन् उनीहरुको कार्यबोझ र चिन्ता घटेको छ भने घरपरिवारले सुक्खा महिनामा पनि झोलिलो दाल खान पाएका छन् ।” परियोजना कार्यान्वयन एकाइ मुगुको सहयोगमा यस वर्ष मुगु जिल्लाका स्थानीयवासीले २५ हेक्टर जमिनमा बेमौसमी सिमी खेती गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः यी क्षेत्रमा वर्षा र हिमपात हुने
फागुन ९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ९, २०८१ शुक्रबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः यी क्षेत्रमा वर्षा र हिमपात हुने
फागुन ९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ९, २०८१ शुक्रबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार