कावासोती नगरपालिका कार्यालय र मेयरको घरमा आक्रमण गर्ने स्थानीयमाथि हवाई फायर र अश्रु ग्याँस प्रहार

नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार १६:७:३७

३२ जेठ, नवलपरासी । बर्दघाट–सुस्ता पूर्वको कावासोतीमा ड्रेन निर्माण गर्ने क्रममा पुरिएर तीन जना मजदुरको मृत्यु भएपछि स्थानीयले नगरपालिकाको कार्यालय नगर प्रमुखको घरमा ढुंगामुढा गरेका छन् । शुक्रबार दिउँसो वडा नम्बर २ मा रहेको नगरपालिकाको भवनमा स्थानीयले ढुंगामुढा गरेका हुन् ।
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल खन्ने क्रममा बिहीबार ३ महिला मजदुरको मृत्यु भएको थियो । आक्रोसित आफन्तहरुले नगरपालिका र मेयरको घर तोडफोड गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै दर्जनौँ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ ।
मृतकले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरिरहेका छन् । आक्रोशित भीडले मेयरको घरमा आगजनी समेत गरेका छन् । कावासोती बजारमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीले मेयरको घरमासमेत आगजनीको प्रयास गरेका छन् ।
कावासोती नगरपालिका–२ फलफुल चोकमा नाला निर्माणमा खटिएका कावासोतीका ५१ बर्षिया सेती राना, २६ वर्षकी तानमया मगर र ३२ वर्षिया चमेली सिंजालीको बिहीबार ढिस्कोले पुरेर मृत्यु भएको थियो । उनीहरु सबै कावासोती नगरपालिका वडा नम्बर ५ निवासी हुन् । अहिले नगरपालिका भवनमा नगरपालिकाका पदाधिकारी, प्रहरी, पिडित पक्ष, स्थानीय लगायतबीच छलफल जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार