गण्डकीका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसदबाट पदमुक्त
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार १७:१६:५५
३२ जेठ, पोखरा । गण्डकी प्रदेशका ऊर्जा मन्त्री फणिन्द्र देवकोटाको सांसद पद गुमेको छ । माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले पार्टीको नीति विपरीत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएको आरोपमा उनलाई कारवाही गरिएको हो । सांसदबाट पद गए पनि मन्त्रीको पद भने कायमै छ । उनी ६ महिनासम्म मन्त्री बन्न सक्नेछन् ।
प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् । नेपाल समाजवादी पार्टी (नेसपा)का नेता देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्विप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जा मन्त्री बनेका थिए ।
माओवादी केन्द्रले ह्विप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएको थियो । यससँगै सांसद पद गएको छ । माओवादीको निर्णयअनुरुप नै सभामुख कृष्णप्रसाद धितालले उनको पद रिक्त भएको सूचना प्रदेशसभामा वाचन गरेका हुन । उनलाई कारबाही गरिएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।
माओवादीले उनलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ अनुसार कारबाही गरेको हो । यो धाराको उपधारा १ मा, ‘संसदीय दलका नेताको निर्देशन बमोजिम त्यस्तो दलको सचेतकले देहायका प्रस्तावमा संघीय संसदको कुनै सदन वा प्रदेश सभामा हुने मतदानमा त्यस्तो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलको सदस्यलाई निर्देशन ‘ह्विप’ जारी गर्न सक्नेछ’ भन्ने उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार