कांग्रेसमा गुटबन्दीका कारण निष्क्रिय भएर बसेका नेताहरु अब सक्रिय हुन आवश्यक छः कोइराला

नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार १८:३१:११

३२ जेठ, जनकपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीमा गुटबन्दीका कारण निष्क्रिय भएर बसेका नेताहरु अब सक्रिय हुनुपर्ने बेला आएको बताएका छन् । उनले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेको बताएका छन् । विभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई कांग्रेसमा फर्कन आग्रह गर्दै कोइरालाले पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै कोइरालाले गुटबन्दीले पार्टी थिलथिलो बनेको बताए । गुटबन्दीकै कारण योग्य र ईमान्दार मानिसहरू पछाडि पर्दै गएको उनले बताए ।
कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरू सक्रिय भएको बताउँदै कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको बताएका छन् । कोइरालाले राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम भएको बताउँदै अब बलियो कांग्रेसको आवश्यकता रहेको बताए ।
कोइराला भने, यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता पर्यो ।, जे कारणले पार्टी छाडेको भए पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्कन कोइरालाले सबैलाई आग्रह गरे । हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ–आफ्नो कमी कमजोरी स्विकार्दै पार्टी बलियो बनाउन लागौँ, कोइरालाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार