वाग्मती प्रदेशसभा बैठकः प्रदेश आर्थिक सर्वेक्षण २०८०/८१ पेस
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार २०:५१:६
३२ जेठ, मकवानपुर । वाग्मती प्रदेशसभाको आज अपरान्ह बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले वाग्मती प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८०/८१ पेस गरेका छन् । आर्थिक सर्वेक्षण पेश गर्दै उनले वाग्मती प्रदेशको राजस्व सङ्कलन, कृषि उत्पादन, पर्यटन क्षेत्रको विकास, शैक्षिक कार्यक्रम अन्तर्गत प्रदेशमा साक्षरता प्रतिशत वृद्धि भएको बताए ।
यातायात क्षेत्रमा सडक, पुल निर्माण, विद्युत् विस्तार, औद्योगिक उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराई विदेशी मुद्रा आर्जन गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए । सोही बैठकमा श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा, भारती कुमारी पाठक, आनन्द कुमार श्रेष्ठलाई संसद् कार्य परामर्श व्यवस्थाको समितिमा मनोनयन गरिएको र उक्त बैठकले सो नामावलीलाई स्वीकृत प्रदान गरेको थियो ।
बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ, विकास समितिका सभापति नुरज बज्राचार्य, सार्वजनिक समितिका सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले छुट्टाछुट्टै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाँले हेटौंडा अस्पताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न मन्त्रिपरिषदबाट गरेको निर्णयबारे स्पष्ट पार्न विशेष समय लिई बोलेका थिए ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा अस्पतालको स्वायत्ततालाई कुनै आँच नपुग्ने गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आन्तरिक व्यवस्थापनका लागि जिम्मा दिइएको स्पष्ट पारे ।
हेटौँडा अस्पताल सङ्घीय सरकारको निर्देशनबमोजिम प्रदेश सरकारको मातहतमा रहने गरी प्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गरिएको उनले बताए । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक भोलि अपराह्न ४ बजे बस्ने गरी स्थगित गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार