ब्लकबस्टर फिल्म बोर्डर सिक्वेलको रिलिज मिति सार्वजनिक
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार १०:६:२७
१ असार, काठमाडौं। सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको रिलिज मिति सार्वजनिक भएको छ । फिल्मको निर्माण पक्षले फिल्म २०२६ को जनवरी २३ मा रिलिज हुने जानकारी दिएका छन् ।
यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन् । अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ । मिडिया रिपोर्टका अनुसार बोर्डर २ को छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ ।
बोर्डर २ लाई जेपी दत्तले निर्देशन र निर्माण गर्न लागेका छन्, जसले १९९७ को बोर्डर पनि निर्देशन गरेका थिए । भूषण कुमार र जेपी दत्तकी छोरी निधि दत्तले पनि फिल्म निर्माण गर्दैछन् । यस फिल्ममा सनी देओल मेजर कुलदीपको भूमिकामा देखिनेछन् ।
सन्नी देओलका फिल्महरूको बारेमा कुरा गर्दा उनको अन्तिम फिल्म गदर २ थियो, जुन बक्स अफिसमा सुपरहिट थियो । उनी चाँडै लाहोर १९४७, बाप, सूर्य र अपने २ मा देखिनेछन् । फिल्म बोर्डर सन् १९९७ मा रिलिज भएको थियो । १० करोडमा बनेको यो फिल्मले ६५ करोड कमाएको थियो । यो त्यो वर्षको सबैभन्दा ठूलो फिल्म थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार