चितवनका सरकारी अस्पतालको निरीक्षणमा स्वास्थ्य मन्त्री यादव
आबिद हुसेन
असार १, २०८१ शनिबार १०:४४:१२
१ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले चितवनका सरकारी अस्पतालको निरीक्षण गरेका छन् । शुक्रबार चितवन पुगेका मन्त्री यादवले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, केन्द्रीय अस्पतालको रुपमा भरतपुर अस्पतालको सेवा प्रवाहको अनुगमन गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री यादवले दुबै अस्पतालमा उपचार गराइरहेका बिरामी, कुरुवासहित अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, अन्य स्वास्थ्यकर्मी र अस्पताल सञ्चालक समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन् । 'छलफलका क्रममा अस्पताललाई सेवा प्रवाहका क्रममा आइरहेको विभिन्न समस्याका बारेमा बुझेँ । अस्पतालमा उपकरण, जनशक्ति र बजेट अभावमा कारण पनि समस्या आइरहेको पाएँ । त्यस्तै फार्मेसीमा पनि पर्याप्त औषधि उपलब्ध नरहेको देखियो,' उनले भने ।
मन्त्री यादवले नेपालसहित भारतसमेतबाट आउने क्यान्सर रोगीहरूको उपचारको केन्द्रका रूपमा स्थापित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई पूर्ण रूपले सबल बनाउनका निमित्त आवश्यक जनशक्ति थप्नेदेखि उपकरण खरिदका लागि बजेटको व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको बताए । त्यस्तै औषधि अभावको समस्यालाई तत्कालै समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको उनले जानकारी दिए ।
भरतपुर अस्पतालमा नर्सिङ कक्षामा अध्ययनरत विद्यार्थीहरूले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएको भन्दै मन्त्री यादवले सीमित स्रोतका बाबजुद पनि अस्पतालले दिइरहेको सेवा प्रशंसनीय रहेको बताए ।
'यस अस्पतालको सेवा प्रवाहका क्रममा जनशक्ति र जग्गा अभावमा कारण आएका चुनौतीहरूलाई सम्बोधन गर्न म कटिबद्ध छु,' उनले भने । अस्पताललाई यसै वर्षदेखि एमबीबीए, एमडीएमएसलगायत कक्षा सञ्चालन गर्न र तत्कालै हुनसक्ने कामहरूको थालनी गर्न मन्त्रालयका सचिव लगायतका कर्मचारीहरूलाई निर्देशन दिएको उनले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार