नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार ११:१५:५७
१ असार, काठमाडौं । दक्षिण अफ्रिकासँगको खेलमा नेपाल १ रनले पराजित भएको थियो । शनिबार बिहान सम्पन्न खेलमा नेपाल एक रनले पराजित भएको हो। योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ।
नेपालको यो हारले फ्यानहरुको मन छोयो । टोलीको हारपछि फ्यानका आँखाबाट आँसु आयो । टी–२० विश्वकप २०२४ को ३१ औं खेल नेपाल र दक्षिण अफ्रिकाबीच भएको छ । उक्त खेलमा नेपालको हारसँगै सुपर–८ को आशा पनि चकनाचुर भएको छ ।
फ्यानका आँखामा आँसु !
दक्षिण अफ्रिकासँगको हारपछि स्ट्यान्डमा उपस्थित नेपाली फ्यानहरू दुःखी बनेका थिए र आँखामा आँसु थियो । सामाजिक सञ्जालमा फ्यानका उदास अनुहारका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । टोलीको हारपछि नेपाली फ्यानका आँखा आँसुले भरिएका यी तस्विरमा प्रष्ट देख्न सकिन्छ । यो खेल निकै रोमाञ्चक थियो, जसमा नेपाल अन्तिम बलमा १ रनले पराजित भयो ।
यस्तो थियो खेलको अवस्था
खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको अफ्रिकी टोलीले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन मात्र बनाउन सकेन ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २१ बलमा १३ रन बनाएर बोल्डआउट भएका थिए ।
त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा साम्सीबाट बोल्ड आउट भए । त्यसपछि नेपालले तेस्रो विकेटका रुपमा अनिल शाहलाई गुमाउन पुग्यो । अनिल २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रनमा आउट भए । आउट हुनु अगाडि उनले ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरेका थिए ।
नेपालले ३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि अनिल क्रिजमा आएका थिए । अनिलले आसिफसँग ५० रनको साझेदारी गरेका थिए ।
ओपनर आशिफलाई नेपालले पाँचौ विकेटको रुपमा गुमाएको थियो । आशिफले ४९ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भए भने कुशल मल्ल एक रनमा पेभिलियन फर्किए । गुल्सन झा छ रनमा आउट हुँदा सोमपाल कामी आठ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका टाबरेज साम्सी एक्लैले चार विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए ।
कूल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मद्धतमा २७ रन बनाए भन आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे । क्वान्टन डेककले ११ बलमा १० रन जोडे भने डेभिड मिलरले सात रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट झारे । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असार ३ गते सोमबार बङ्गालदेशसँग खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार