रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार ११:३८:०
१ असार, काठमाडौं। सिरिल रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित भएका छन् । दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस 'एएनसी' र विपक्षी दलहरूबीच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक सिरिल रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो ।
दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर-राइट डेमोक्रेटिक एलायन्स 'डीए' र साना दलहरू सामेल छन् ।
विजयपछिको भाषणमा रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गरेका थिए । उनले भने, 'नेताहरूले हाम्रो देशका सबैको हितका लागि मिलेर काम गर्नेछन् भन्ने मतदाताहरूले अपेक्षा गरेका छन् ।'
चर्को राजनीतिक नाटकका बीचमा यो सहमति भएको हो । एएनसीका महासचिव फिकिले म्बालुलाले गठबन्धन सम्झौतालाई 'उल्लेखनीय पाइला' भनेका छन्।
रामाफोसा सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सत्ता संघर्षपछि ज्याकोब जुमालाई राष्ट्रपति र एएनसी नेताको रूपमा प्रतिस्थापित गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा ८ जना डीन र ३ निर्देशक नियुक्त
मंसिर ३०, २०८१ आइतबार
काठमाडौंविरुद्ध ब्याटिङ गर्दै विराटनगर
मंसिर ३०, २०८१ आइतबार
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
मंसिर ३०, २०८१ आइतबार
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
मंसिर ३०, २०८१ आइतबार
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
मंसिर ३०, २०८१ आइतबार
उधौली पर्व/योमरी पुन्हि (ज्यापु दिवस)/धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार