जापानमा २ महिने "लेक हामाना हानाहाको पुष्प मेला २०२४" सम्पन्न
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार १५:२६:४३
१ असार, काठमाडौं । जापानमा २ महिने “लेक हामाना हानाहाको पुष्प मेला २०२४ सम्पन्न भएको छ । ५६ हजार हेक्टर जमिनले ओगटेको नेवाः 'नेवार' बगैँचामा मेला भएको हो । बगैंचालाई चारैतर्फबाट उत्तिकै क्षेत्रफल भएको तालले घेरिएको छ ।
निकै मनमोहक र सफा पानी देखिने यस तालले हामाना हानाहाको पुष्प मेलालाई समेत सुन्दर देखाएको थियो । लेक हामाना हानाहाको पुष्प मेला २०२४ नेवाः बगैंचाका व्यवस्थापक ३४ वर्षदेखि जापान बस्दै आएका प्रोफेसर नरेश महर्जन हुन् ।
उनी शुजुओका अञ्चलका अम्बेस्डर पनि हुन् । “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ नेवाः बगैंचाको लागि भूमिस्पर्श बुद्ध र नाट्य गणेश नेपालबाट ल्याएको हो, महर्जनले भने । नेवाः बगैंचामा नेपाली फूलहरु रोप्नको लागि नेपाली फूलहरुको जानकारी दिन निकै समयदेखि आफू लागिपरेका उनले जनाए । आफ्नो देश नेपालको नाम चिनाउन, बुद्ध जन्मेको देश नेपाल हो भन्ने जानकारी दिन कार्यक्रम गरेको महर्जनले बताए ।
पूर्ण रूपमा विगत १ बर्षदेखि नै यो लेक हामाना हानाहाको पुष्प मेला २०२४ को निम्ति भोलिन्टियर रुपमा काम गर्दै आएको उनले बताए । “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ को लागि विभिन्न नेवाः सांस्कृतिक कार्यक्रमहरु पनि भएको जनाइयो । शुभारम्भ भएको दिनमा स्वयं महर्जनले लाखे प्याखं प्रस्तुति दिएका थिए । उनकै भाइ दीलिप महर्जनले धिमे बजाएर प्रस्तुति गरेका थिए ।
जापानमै बस्दै आएका राम महर्जनले बाँसुरी बजाएर प्रस्तुति दिएका थिए । त्यसैगरी नेपालबाट साहित्यकार रीता महर्जन “ऋतु“ र कलाकार सलिना अवालेले पनि यस “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ मा आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । कलाकार सलिना महर्जनले बारम्बार धिमे प्याखं नाचेर दर्शकहरूको मात्र होइन, आमन्त्रित विशिष्ट पाहुनाहरुको समेत स्याबासी पाएकी थिइन् ।
साहित्यकार रीता महर्जन “ऋतु“ र महर्जनको युगल नाचले पनि सबैको मन जितेको थियो । साहित्यकार रीता महर्जन “ऋतु“ र कलाकार सलिना अवाले आमाछोरी हुन् । आफ्नो देश, आफ्नो भाषा, आफ्नो पहिचानको निम्ति सदा अग्रसर भई नेपालको नाम उँचो राखिराख्ने महर्जनले टेलिफोनमा बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
कालिमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड [ फोटो फिचर ]
पुष २, २०८१ मंगलबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार