वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक : डा शेखर कोइराला
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार १६:२७:५८
१ असार, जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् । उनले भने, “नेपालको सन्दर्भमा विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने बेला आएको छ ।”
मधेस प्रदेशस्तरीय संविधान कार्यान्वयन सन्दर्भमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन आज यहाँ आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने आवश्यकता रहेको छ भने ।
पटक–पटक सङ्घीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइरहेको उनको तर्क छ । नेता कोइरालाले स्थानीय पालिकालाई राज्यले अधिकार सम्पन्न गराए पनि त्यसको संरचना तथा कार्यशैली पुरानै रहेकाले यसको संरचनामा सुधार आवश्यक रहेको बताए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले राजनीति गर्नेलाई कानुनको ज्ञान आवश्यक रहेको छ भने । अर्का केन्द्रीय सदस्य डा चन्द्रमोहन यादवले मिटरब्याज सम्बन्धी कानुन सच्याउनुपर्ने माग गरे । सांसद रामकृष्ण यादवले कांग्रेस पार्टीमा विचलन आउन नदिन नेता तथा कार्यकर्ता एकजुट हुनुपर्छ भने ।
कांग्रेस मधेस प्रदेशका सभापति एवं प्रदेश सभा सदस्य कृष्ण यादवले मधेसलाई राज्यबाट उपेक्षित बनाउन नहुने धारणा राखे । एसोसिएसन अध्यक्ष सीताराम केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेश सभा सदस्य श्याम पटेल, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल , अधिवक्ता विनोद शर्मा एवं सुधीर कर्णले राजनीतिक स्थायित्वका लागि दलहरुबीचमा एकता र सहकार्य आवश्यक छ भने । सो कार्यक्रममा संविधानविद् काशीराज दाहालले मधेस प्रदेशका पालिकाका प्रमुख , उपप्रमुख तथा प्रतिनिधिलाई स्थानीय तहमा कानुनी र वित्तीय सुशासनबारे प्रशिक्षण प्रदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार