कृषि मेलाबाट हजारौं किसान लाभान्वित
दीपक शर्मा
असार १, २०८१ शनिबार १६:४०:१७
१ असार, गुलरिया । बर्दियाको मधुवन नगरपालिकामा सम्पन्न एक दिने कृषि मेलाबाट हजारौं किसानले फाइदा लिएका छन । “उन्नत प्रविधिमा पहुँच बढाई कृषिमा व्यवसायीकरण गरौं” भन्ने मुल नाराका साथ आयोजना गरिएको एक दिने कृषि मेलाबाट यहाँका स्थानीय किसानले फाइदा लिने अवसर पाएका हुन ।
सो एक दिने कृषि मेलामा कृषि उत्पादन, कृषि सामाग्री, आधुनिक कृषि यन्त्र उपकरणको विषयमा पनि जानकारी गराइएको थियो । शिविरमा २ सय जना किसानको निःशुल्क रुपमा माटो परीक्षण गरिएको थियो । साथै वाली उपचारबाट पनि किसानले फाइदा लिएको मधुवन नगरपालिका कृषि सेवा शाखाका प्रमुख एकराज ओलीले जानकारी दिए ।
किसानलाई मौसमी बाली रोग, बजार भाउ सम्बन्धी परामर्श , स्थानीय उत्पादन तथा व्यवस्थापनका विषयमा पनि जानकारी गराइएको थियो । मधुवन नगरपालिका, नेपाल उद्योग बाणिज्य महासंघ, कृषि उद्यम केन्द्रको सहकार्य, अमेरिकी सहयोग नियोगको सहयोगमा नेपाल बिउ तथा मल परियोजना 'सिमिट'ले सो एक दिने कृषि मेलाको आयोजना गरेको थियो ।
सो अवसरमा मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाट, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकाल, कृषि विज्ञ कृषि उद्यम केन्द्रका डिल्ली पौडेल, सिमिटका डाक्टर नारायण प्रसाद खनाल, कृषि उद्यम केन्द्रका राजकुमार कार्की र कृषि बोर्ड केन्द्रका सदस्य मनोज कुमार चापागाईले पनि किसानहरूलाई प्रविधि सँगै बाली तथा व्यवस्थापनका विषयमा जानकारी गराएका थिए ।
दीपक शर्मा
विगत लामो समयदेखि पत्रकारितामा सक्रिय शर्मा बर्दियाबाट नेपालबहस डटकमका लागि रिर्पोटिङ गर्छन् ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने
पुष १, २०८१ सोमबार
पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन
पुष १, २०८१ सोमबार
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल
पुष १, २०८१ सोमबार
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः अर्थमन्त्री पौडेल
पुष १, २०८१ सोमबार