गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार १८:५५:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/gandaki-budget_kSfzh9rpPy_hD240HsMMZ.jpg)
१ असार, गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रस्तुत गरेको बजेटमा चालूतर्फ रु १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार र पूँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार विनियोजन गरिएको उल्लेख छ ।
कूल विनियोजनमध्ये चालूतर्फ ३९ दशमलव ९१ प्रतिशत र पूँजीगततर्फ ५९ दशमलव १९ प्रतिशत बजेट हो । प्रदेश सरकारको वित्तीय व्यवस्थापनतर्फ रु तीन करोड बजेट विनियोजन गरिएको छ । यसैगरी बजेटमा आन्तरिक राजस्वबाट रु पाँच अर्ब १७ करोड उठाउने लक्ष्य लिएको छ ।
सङ्घ सरकारको वित्तीय समानीकरणबाट रु सात अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट रु नौ अर्ब ६१ करोड, सशर्त अनुदानबाट रु तीन अर्ब १० करोड ११ लाख र समपूरक अनुदानतर्फ रोयल्टीवापत रु ४८ करोड १० लाख प्राप्त हुने जनाइएको छ ।
यस्तै सङ्घ सरकारको समपूरक बजेटबाट रु एक अर्ब १९ करोड र विशेष अनुदानबाट रु ६५ करोड ५५ लाखको स्रोत व्यवस्थापन हुने छ भने वित्तीय हस्तान्तरणतर्फ प्रदेश सरकारले रु एक अर्ब १६ करोड स्थानीय तहलाई उपलब्ध गराउने आर्थिक मामिला मन्त्री गुरुङले जानकारी दिए । आगामी आवमा प्रदेश सरकारले रु एक अर्ब ७० करोड आन्तरिक ऋण लिने जनाइएको छ ।
चालु आवमा रु दुई अर्ब ९४ करोड मौज्दात रहने र नपुग रु एक अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने गुरुङले बताए । बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्र प्राथमिकतामा परेका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयतर्फ रु दुई अर्ब नौ करोड २१ लाख सात हजार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका कार्यक्रम तथा योजनाका लागि रु ९१ करोड ५१ हजार बजेट विनियोजन गरिएको छ ।
शिक्षा, खेलुकद, युवा तथा सामाजिक विकासतर्फ रु पाँच अर्ब ४७ करोड ७४ लाख, भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रमा रु १२ अर्ब ७० करोड १६ लाख र ऊर्जा, खानेपानी र जलस्रोतको क्षेत्रमा रु चार अर्ब दुई करोड ५३ लाख बजेट विनियोजन गरिएको छ ।
गुणस्तरीय पूर्वाधार तथा उत्पादन अभिवृद्धि, रोजगारी, आयआर्जन, सामाजिक न्याय, समुन्नति र सुशासन अभिवृद्धिको उद्देश्यमा केन्द्रित भएर बजेट ल्याइएको आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
गण्डकीका सांसद देवकोटाले माओवादीको कारवाहीविरुद्ध सर्वोच्चमा दिए रिट
असार ६, २०८१ बिहिबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार
गृहमन्त्री लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा सहकारी ठगीसम्बन्धी अर्को उजुरी दर्ता
असार ६, २०८१ बिहिबार
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
असार ६, २०८१ बिहिबार
म सिंहदरबारमा मन्त्री र संसदमा दलका शीर्ष नेताबाट अपमानित भएः प्रधानमन्त्री
असार ६, २०८१ बिहिबार
शुक्रबार तोलाको १९ सयले बढ्यो सुनको मूल्य
असार ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा पर्यो गृहमन्त्री लामिछानेविरुद्धको रिट
असार ७, २०८१ शुक्रबार
राजदूत भागबण्डामा प्रधानमन्त्री खिन्न
असार ७, २०८१ शुक्रबार
जोखिम मोलेर साँघु तर्दै
असार ७, २०८१ शुक्रबार
आजदेखि उपत्यकामा मेलम्चीको खानेपानी पानी बन्द
असार ७, २०८१ शुक्रबार
योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री प्रचण्ड
असार ७, २०८१ शुक्रबार