बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्छ : केपी ओली
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार २०:५७:५७
१ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले चलाइरहेका मन्त्रालयको बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले देशलाई गरिबी हुनबाट बचाउनका लागि एमाले सरकारमा गएकाले बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्ने धारणा राखे । उनले दिगो विकास लक्ष्य पाँच वर्षभित्र पूरा गर्नुपर्ने भन्दै मुलुकको विकास र गरिबी घटाउन उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने बताए ।
देश बनाउने सङ्कल्प, अठोटसहित उद्यमशीलता बढाउन प्रविधिको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई कमजोर पार्ने प्रयासस्वरूप एमालेविरुद्ध प्रतिक्रियावादीले गलत हल्ला फैलाएका तर्फ सचेत रहनुपर्ने बताए ।
“ प्रतिक्रियावादीहरूले देश अगाडि नबढोस् भनेर राष्ट्रिय शक्तिलाई कमजोर पार्न चाहान्छन्”, उनले भने, “भ्रमको जालो फिजाउन, आस्था हटाउने र जनविश्वास कसरी कमजोर बनाउन सकिन्छ भनेर एमालेविरूद्ध लागिपरेका छन् । त्यसलाई चिर्दै अगाडि बढ्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार