रौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार २१:५०:१४
१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना युवकको शव भेटिएको छ । गौर–४ टिकुलिया बकैया खोलाको बाँध नजिकै स्थानीय शुभ नारायण सहनीको छोरा २० वर्षीय युवक रोहित सहनीको शव भेटिएको हो ।
घरबाट शौच गर्न निस्किएका उनको शव घर नजिकैको केराबारीमा फेला परेको रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीले बताइन् । मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह नदेखिएको उनले बताइन् । मृतकको खल्तीबाट लागूऔषध गाँजा भरिएको चिलम जस्तो सामाग्री बरामद भएको छ ।
गाँजाको नशामा गर्मीको कारण बेहोस भएर पानीको कमीको कारण पनि मृत्यु हुनसक्ने अनुमान गरिएको छ । मृतकको नाकबाट रगत समेत बगेको पाइएको छ । मृतक शहनिको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डीएसपी गिरीले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार