अब टी–२० क्रिकेट नखेल्ने न्युजील्यान्डका फास्ट बलर ट्रेन्ट बोल्टको घोषणा
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार ९:४०:४१
२ असार, काठमाडौं । जारी टी–२० विश्वकपमा न्युजिल्यान्डको खराब प्रदर्शनका बीच अनुभवी फास्ट बलर ट्रेन्ट बोल्टले टी-२० क्रिकेट नखेल्ने घोषणा गरेका छन् । उनले टी–२० विश्वकप आफ्नो अन्तिम विश्वव्यापी प्रतियोगिता हुने बताएका छन्।
बोल्ट सन् २०११ मा डेब्यु गरेदेखि नै न्युजिल्यान्ड टोलीका महत्वपूर्ण सदस्य रहेका छन् । उनीसँग टी–२० विश्वकप, एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलेको अनुभव छ । उनले सन् २०१४ यता चारवटा टी–२० विश्वकपमा भाग लिएका छन् ।
युगान्डासँगको खेलअघि नै न्युजिल्यान्ड विश्वकपको सुपर आठ चरणबाटै बाहिरिएको थियो । टोलीले अब समूह सी मा आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ, जुन ३४ वर्षीय बायाँ हाते बलरको टी-२० विश्वकपमा अन्तिम खेल हुनेछ ।
'यदि म आफ्नो बारेमा कुरा गर्छु भने, यो मेरो अन्तिम टी-२० विश्वकप हुनेछ,' बोल्टले युगान्डामाथि न्यूजिल्याण्डको नौ विकेटको जितपछि भने । उनले भने- 'मैले भन्नु पर्ने यति हो । पक्कै पनि यो प्रतियोगितामा हामीले चाहेको सुरुवात थिएन । यो पचाउन गाह्रो छ ।
सुपर आठमा जान नसकेकोमा हामी निराश छौं, तर देशको प्रतिनिधित्व गर्ने मौका पाउनु गर्वको क्षण हो । देशका लागि खेलेकोमा ड्रेसिङ रुममा निकै गर्व छ । पछिल्ला केही वर्षहरूमा हाम्रा रेकर्डहरू उत्कृष्ट छन् । दुर्भाग्यवश, गत हप्ता हामीले राम्रो खेल्न सकेनौं र बाहिर भयौं ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषद्मा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार