कांग्रेस र एमालेका प्रतिनिधिले बहिष्कार गरेपछि काठमाडौं महानगरको नगरसभा बैठक १० गतेसम्म स्थगित
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार ११:१९:४१
२ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिष्कार गरेर सभाहलबाट बाहिरिएपछि काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ । मेयर बालेन शाहले कार्यपालिकाको बैठक असार १० गतेसम्म स्थगित गरेका छन् । मेयर शाहले नगरसभा स्थगित भएपछि आक्रोश पनि पोखेका छन् ।
वडा सदस्यहरूले विरोध गरेपछि काठमाडौं महानगरपालिको १५ औं नगरसभाको दोस्रो बैठक असार १० गते सम्मका लागि स्थगित भएको छ । शाहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरूलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । यसपछि कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिष्कार गरेर सभा हलबाट उठेर गएको उनले बताएका छन् ।
नयाँ सडकलाई नो भेहिकल जोन बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा पारित गर्ने तयारी गरेका थिए । यो सम्भव नभएपछि मेयर शाहले आक्रोश पोखेका हुन् ।
न्युरोडको नयाँ सडकलाई नो भेइकल जोन बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्तुष्टि जनाएर केही कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका थिए । मेयर शाहले ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार