सीडीओले मिलाए फतुवा बिजयपुरको विवाद
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार ११:५५:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/cdo.jpg-3_LUXo9RNO9L_FCL7tmaWlW.jpg)
२ असार, रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको विवाद मिलेसंगै प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधान पक्का भएका छन । पूर्वप्रशासकिय अधिकृत वकील पाललाई राख्ने मेयर अम्बेया खातुनको अडान र अन्य जनप्रतिनिधिले प्रधानलाई राख्ने अडान लिएपछि नगरपालिकामा बिवाद उत्पन्न भएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकसाता अघि उपसचिव प्रधानलाई त्यहाँ सरुवा गरेको थियो। मन्त्रालयको निर्णय अनुसार उपसचिव प्रधान पाँचदिन अघि त्यहाँ हाजिर समेत भएका थिए । उनलाई मेयर बाहेकका जनप्रतिनिधि तथा केही राजनीतिक दलका नेताहरुले स्वागत समेत गरेका थिए ।
तर कार्यवाहक मेयर खातुन प्रधानलाई अनेकथरी अपशब्द प्रयोग गर्दै उनलाई प्रमुख प्रशासकिय अधिकृतको रूपमा स्वीकार नगर्ने अडान लिएकि थिइन् । उनको श्रीमान महमद सेराजले मेयरको सहमती बिपरित केही नेताले चलखेल गरेर प्रधानलाई ल्याएको आरोप लगाउँदै आएका थिए ।
सनिवार रौतहटका सीडीओ हिरालाल रेग्मिको पहलमा फतुवा विजयपुरको समस्या समाधान भएको छ । सीडीओ रेग्मीको अगुवाइमा प्रमुख प्रशासकीय अधिकृत उप सचिव सुरेन्द्र प्रधान र कार्यबाहक नगर प्रमुख अम्बेया खातुन बीचको मतभेद अन्त्य भएको छ । विकास निर्माणका सवालमा मिलेर जाने र कार्यबाहक नगर प्रमुख खातुन,वडा अध्यक्ष लगायतका जनप्रतिनिधि सङको सहकार्यमा नगरको विकास निर्माणको काम अगाडि बढाउने सहमती भएको छ ।
सहमती पछि जिल्ला प्रशासन कार्यालय भित्रै मेयर खातुन, अधिकृत प्रधान तथा नेताहरु सम्मिलित खिचिएको तस्विर सनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । यस अघि प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहेका वकील पाल मन्त्रालयको निर्देशन अनुसार आफ्नो दरबन्दीमा जाने भएका छन् ।
यसका साथै उपसचिव सुरेन्द्र प्रधानलाई दोहरो जिम्मेवारी थपिएको छ । यस अघि उनी कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा कार्यरत रहेका छन । फतुवा बिजयपुर नगरपालिकामा निर्वाचीत मेयर गोपाल राय यादव लालबकैया नदीको टेन्डरमा दोषी ठहर भएर बिशेष अदालतबाट दण्ड सजाय तोकिएपछि उनको पद रिक्त भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख
असार १०, २०८१ सोमबार
मौलापुरले प्रस्तुत गर्यो ३९ करोडको बजेट
असार १०, २०८१ सोमबार
जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप, कुर्सी तोडफोडपछि स्थगित
असार १०, २०८१ सोमबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
असार १०, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असार १०, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १०, २०८१ सोमबार
संसदका कर्मचारीको भत्ता बढाइने, ७ बुँदे सहमति
असार १०, २०८१ सोमबार
काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख
असार १०, २०८१ सोमबार
मौलापुरले प्रस्तुत गर्यो ३९ करोडको बजेट
असार १०, २०८१ सोमबार
नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
असार १०, २०८१ सोमबार
बालेन शाहलाई उपमेयर सुनिताको सुझाव, ‘पदको मर्यादा राखेर अभिव्यक्ति दिनू’
असार १०, २०८१ सोमबार
नगरपालिकाद्वारा रत्ननगरका किसानलाई भैँसी वितरण
असार १०, २०८१ सोमबार