बेलायतकी प्रिन्सेस केट मिडलटनले दिइन क्यान्सरबारे जानकारी
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार १२:३:२७
२ असार, काठमाडौं । बेलायतको शाही परिवारकी प्रिन्सेस अफ वेल्स केट मिडलटनले आफ्नो क्यान्सर उपचारको बारेमा अपडेट दिएकी छिन् । मिडलटनले आफू केमोथेरापी लिइरहेको र स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा खतरामुक्त नभएको जानकारी गराएकी छन् । साथै उनले उपचारका क्रममा राम्रा र नराम्रा दिनहरू देखिरहेको बताएकी छन् ।
केटले अबको केही महिनामा केही सार्वजनिक हुने आशा पनि व्यक्त गरेकी छन् । केट मिडलटनले मार्चमा एउटा भिडियो जारी गर्दै आफू क्यान्सरका कारण केमोथेरापी लिइरहेको बताएकी थिइन् । केट गत डिसेम्बरदेखि सार्वजनिक रूपमा देखा परेकी थिइनन् ।
केटले भनेकी छन्, ‘मानिसको सन्देशबाट मलाई साहस मिलेको छ । पछिल्ला केही महिनामा मानिसहरूले मलाई समर्थन गर्दै सन्देश पठाएका छन् । यी सन्देशहरूले विलियम र मलाई धेरै साहस दिएको छ । मेरो अवस्था सुधार हुँदैछ, तर केमोथेरापीबाट गुज्रिएका जो कोहीलाई थाहा छ, केमोथेरापीका राम्रा र नराम्रा दिनहरू हुन्छन् । खराब दिनहरूमा तपाईं कमजोर र थकित महसुस गर्नुहुन्छ र तपाईंले आफ्नो शरीरलाई आराम गर्न आवश्यक छ । तर राम्रो दिनहरूमा तपाईं बलियो महसुस गर्नुहुन्छ र तपाईं यस समयलाई सकेसम्म बाँच्न चाहनुहुन्छ ।’
मिडलटनले गत मार्च २२ मा उनको क्यान्सरको बारेमा जानकारी दिँदै एक भिडियो सन्देश जारी गरेकी थिइन् । केटको पेटको शल्यक्रिया जनवरी २०२४ मा भएको थियो । उनी दुई साता अस्पतालमै बसकी थिइन् । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । जसका कारण उनको स्वास्थ्यमा धेरै प्रश्न उठ्न थालेको थियो ।
जनवरीमा राजा चार्ल्सलाई पनि क्यान्सर भएको खबर बाहिर आएको थियो । उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो । त्यतिबेला उनको शरीरमा अन्य रोगको लक्षण देखा परेको थियो । यसपछि बकिङ्घम प्यालेसले ती लक्षणहरूको अनुसन्धानले एक प्रकारको क्यान्सर भएको पुष्टि गरेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार