कृषि विकास बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा समातिएका थापा दर्जन बढी कम्पनीका मालिक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार १४:५:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/krishi_sahakari_9YD0lXBpbX_RuMHr10Xoq_oUX8eRR2x1_PYdpQsr7qa.jpg)
२ असार, काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटीमा रहेको सहकारीको बचत अपचलन आरोपमा प्रहरीले चार जनालाई पक्राउपछि सार्वजनिक गरेको हो ।
पक्राउ परेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेका थापा न्यायाधीश रामबहादुर थापाका भाई भएको पुष्टि भएको छ । तेजविक्रम हालका सो सहकारीका अध्यक्ष हुन् । व्यवस्थापक रहेकी तेजकी श्रीमती सजना र अन्य दुई जना सञ्चालक समिति सदस्य पनि पक्राउ परेका छन् । दाजु राम न्याय सेवा क्षेत्रमा लागेपछि उक्त सहकारी भाइ तेजले सम्हाल्दै आएका थिए । जाहेरी दर्ता रहेको ललितपुर प्रहरी परिसरका अधिकारीले भने रामविरुद्ध कुनै उजुरी छैन ।
तनहुँको ब्यास–१ का ४३ वर्षीय तेजसहित १३ जनाविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोप छ । बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएपछि उजुरी गरेका थिए । हालसम्म ५ सय ६६ जना बचतकर्ताले ९४ करोड २३ लाख ४२ हजार रूपैयाँ बिगो दाबी गर्दै उजुरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । उक्त सहकारीमा २ हजार ५ सय ३१ जना बचतकर्ताको २ अर्ब ८० करोड रकम बचत थियो ।
२०५६ सालमा लेखा प्रमुख र सञ्चालक समिति सदस्य भएर कृषि विकास सहकारीमा छिरेका गरेका थापा २०७१ सालमा सुरू भएको कृषि टेलिभिजन र २०७३ सालमा सुरू भएको गोरखा टेलिभिजनका संस्थापक अध्यक्ष हुन् । काठमाडौं उपत्यकाका विभिन्न १४ स्थानमा शाखा मार्ट रहेको कृषि फ्रेस प्रालिका पनि उनी अध्यक्ष हुन् । उक्त कम्पनी २०७० सालदेखि सञ्चालनमा छ । यस्तै २०७६ देखि सुरू भएको यती टेक्निक प्रालिमा अध्यक्ष, २०६६ सालदेखि सुरू कृषि इन्भेस्टमेन्टमा अध्यक्ष र २०७४ सालदेखि सुरू यति हर्बस प्रालिमा पनि अध्यक्ष रहेको प्रहरीले जनाएको छ ।
एसएसपी भट्टराईका अनुसार ललितपुर प्रहरी परिसरमा २०८० पुस १९ गते कृषि विकास बहुउद्देश्यीय सहकारीका पदाधिकारीविरुद्ध जाहेरी दर्ता भएको थियो । त्यसअघि सहकारी विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुसन्धान गर्न पत्राचार गरेको थियो । ललितपुर महानगरपालिका वडा नम्बर १८ बस्ने व्यवस्थापक, काठमाडौंको कीर्तिपुर बस्ने ५३ वर्षीय भीमसेन महर्जन र चाबहिल बस्ने सदस्य ४७ वर्षीय ४७ वर्षीय सञ्जय सापकोटा पनि पक्राउ परेका छन् ।
बचतकर्ताको रकम फिर्ता नगरेको भन्ने उजुरी सहकारी विभाग नयाँ बानेश्वरमा पनि परेको थियो । विभागले गत असोज २५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो । ब्यूरोले अनुसन्धानका लागि मंसिर २६ गते जिल्ला प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो । अनुसन्धान गरी प्रहरीले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार प्रहरीमा पाँच सय ६६ जना पीडित छन् । उनीहरूले ६५ वटा जाहेरी प्रहरीमा दिएका छन् । जसबाट ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ बराबरको ठगी गरेको आरोप उनीहरूमाथि छ । सहकारीमा दुई अर्ब ८० करोडको निक्षेप रहेको एसएसपी भट्टराईले बताए । पक्राउ परेका अध्यक्ष थापा र राजकर्णिकार लामो समयसम्म फरार भएपछि पीडितहरूले उनीहरूको तस्बिर राखेर विभिन्न ठाउँमा सूचना टाँसेका थिए ।
प्रहरीको अनुसन्धानबाट थापा झन्डै एक दर्जन कम्पनीमा अध्यक्ष रहेको देखिन्छ । २०५६ सालमा उनी कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको चिफ अकाउन्टेन्ट र संस्थापक सदस्य थिए । २०६० सालदेखि उनी निरन्तर उक्त सहकारीका कार्यकारी अध्यक्ष हुँदै आएका थिए । त्यसैगरी २०६६ सालदेखि उनी समिट अस्पताल र कृषि इन्भेष्टमेन्ट प्रालि ललितपुरका अध्यक्ष भएका थिए ।
उनले साझा संसार मिडिया प्रालि लिमिटेडको आइडी कार्डमा अर्कै व्यक्तिको नाममा आफ्नो फोटो राखेर हिँडेको पाइएको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान गर्न कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी क्षेत्रको समस्या समाधानका लागि प्राधिकरण गठनको तयारी
असार ६, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा सहकारी ठगीसम्बन्धी अर्को उजुरी दर्ता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
बलिउड अभिनेत्री अमिषा पटेल भन्छिन्- विवाह गर्न केटा पाएको छैन !
असार ११, २०८१ मंगलबार
देशभर फैलियो मनसुन, आवश्यक सतर्कता अपनाउन आग्रह
असार १०, २०८१ सोमबार
जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
असार ११, २०८१ मंगलबार
झापामा चट्याङ लागेर दुई जनाको मृत्यु
असार ११, २०८१ मंगलबार
सुनको मूल्य स्थिर रहँदा घट्यो चाँदी, कतिमा हुँदै छ कारोबार ?
असार ११, २०८१ मंगलबार
नदी कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट ’प्रविधिको पर्खाल
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
इजरायलले माग्यो दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने ८ सय नेपाली कामदार, आवेदन खुल्ला
असार ११, २०८१ मंगलबार