धितोपत्र बोर्डको अध्यक्ष बनाउने कुरामा किन मरिहत्ते गरिहेका छन् ओली, को हुन सन्तोष नारायण श्रेष्ठ ?
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार १७:१६:३७
२ असार, काठमाडौं । लामो समयदेखि खाली भएको नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षको पदमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा यतिबेला ठूलो विवाद छ । बोर्डमा अध्यक्ष नियुक्ति गर्ने आफ्नै प्रावधान छन र यहीअनुसार समयभित्रै अध्यक्ष नियुक्ति हुनुपर्ने हो । तर, बोर्डको अध्यक्ष बनाउने कुरामा रोचक चलखेल भइरहेको छ । अहिले बोर्डको अध्यक्ष बन्नका लागि निवेदन दिने ५ जनामध्ये एक जना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट छन् । माओवादी निकट मानिएका तीन जना अनुपस्थित रहनुमा राजनीतिक दाउपेचलाई नै प्रमुख कारण मानिएको छ ।
निवेदन दिने ५ जनाबाट अध्यक्ष चुनिन्छन् भन्ने कुरा पनि आइतबारबाट थप अन्योलमा परेको छ । निवेदन दिने ५ मध्ये २ जना मात्र आइतबार अन्तर्वार्तामा हाजिर भए । जसमध्येका एक सन्तोष नारायण श्रेष्ठ ओलीले चाहेका व्यक्ति भएको बताइएको छ । आइतबार धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये दुईजनाले मात्र प्रस्तुति र अन्तर्वार्ता दिए । यसको प्रष्ट कारण खुलेको छैन । तीन जना किन सहभागी भएनन् भन्ने कुरा आएको छैन ।
आइतबार ९ बजे राष्ट्रिय योजना आयोगमा प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सर्टलिस्टमा परेका पाँच जनालाई बोलाइएको थियो । तर, पाँच जनामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भए । तीन जना नआएपछि उनीहरूलाई केही दिनको समय दिने तयारी अर्थ मन्त्रालयले गरेको बताइएको छ । अर्को रोचक कुरा अध्यक्ष बन्न निवेदन दिने ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
यसअघि प्रक्रिया अनुसार अध्यक्ष नियुक्ति गर्न एमाले अध्यक्ष ओली बाधक भएको समाचार बाहिरिएको थियो । ओलीले सन्तोष नारायण श्रेष्ठलाई नै किन अध्यक्ष चाहेका हुन भन्ने कुरामा छनोट समिति पनि अलमलिएको छ । ओलीले अनावश्यक र विवादित व्यक्तिलाई बोकेर हिँड्दा समस्या आएको समितिका एक सदस्यले बताए । अहिले सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमाले भएका कारण अध्यक्ष बनाउने विधिमै ओलीले प्रहार गरिरहेका छन् । उनले अध्यक्ष बनाउन चाहेका सन्तोषनारायण श्रेष्ठ १० वर्षअघि देखि इन्धन तस्करीमा संलग्न भएको उजुरी अख्तियारमा छ ।
ओलीले भने नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनाउन चट्टानी अडान लिइरहेका छन् । ओलीकै अडानका कारण बोर्डले विगत तीन महिनादेखि अध्यक्ष पाउन सकेको छैन । अहिले नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि गठित छनोट समितिका विज्ञ सदस्य उदय निरौलासहित सर्टलिष्टमा परेका पाँचैजनाविरुद्ध अख्तियारमा उजुरी परेको छ । बोर्ड अध्यक्ष छनोट समितिको विज्ञ सदस्य र अहिले छनोट भएका पाँच जना अध्यक्षका उमेदवारहरू नै व्यापारी स्वार्थबाट प्रेरित भएको भन्दै शुक्रबार अख्तियारमा उजुरी परेको हो ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हत्याउन व्यापारीले आफू अनुकुलको सदस्य र अहिले प्रतिस्पर्धामा भएकाहरू पनि सत्ता र व्यापारीहरूको प्रतिनिधिको रूपमा आएको भन्दै उजुरी परेको हो । विज्ञ सदस्य निरौलाको योग्यतामाथि पनि प्रश्न उठाइएको छ । उनी सामान्य शेयर कारोबारी मात्र भएको र उनको प्रत्यक्ष सम्बन्ध हिमालयन स्टक एक्सचेञ्जका लागि आवेदन दिएको समूहसँग रहेको पनि आरोप छ । अध्यक्ष सिफारिस समितिले गत चैत २५ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र डा. नवराज अधिकारी तथा सन्तोष नरायण श्रेष्ठलाई सर्टलिष्टमा पारेको थियो ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशकहरू श्रेष्ठ र अधिकारीको विषयमा गम्भीर प्रश्न उठाएका छन् । श्रेष्ठले तत्कालीन अध्यक्ष रमेशकुमार हमालसँग मिलेर प्रिमियम मूल्यमा आईपीओ निष्कासनमा मिलेमतो गरेको आरोप छ । त्यस्तै अधिकारी पनि प्रधानमन्त्रीको नजिकको व्यक्ति भएको भन्दै अभिव्यक्ति दिँदै हिँडेको निवेदनमा उल्लेख छ । नेप्सेका सीईओले पनि बजार सुधारका लागि केही काम नगरेको तर, दोस्रो स्टक एक्सचेन्जको लबिङ गर्न सत्तासँग माहिर पात्र भएको निवेदनमा उल्लेख छ । तत्कालीन बीमा समितिको अध्यक्ष हुँदा चापागाईंले व्यापारिक घरानासँग मिलेर लाइसेन्स बिक्री गरेको आरोप छ ।
सन्तोष नारायण भने व्यापारीसँग मिलेर ओलीले खडा गरेको पात्र भएकाले उनको योग्यता नै नपुग्ने निवेदनमा उल्लेख छ । अहिले व्यापारिक स्वार्थ नमिल्दा बोर्ड अध्यक्ष छनोट प्रक्रिया लम्बिएको पनि निवेदनमा उल्लेख छ । यी सबैको छानबिन गर्नुपर्ने गरी उजुरी आयोगमा दर्ता भएको छ । योग्यता नै नपुग्ने सन्तोष नारायण श्रेष्ठकाे नाम पाँच जनाको सूचीमा पर्नु पनि ओलीकै कारण हो । खोजविन हुँदै जाँदा ओलीले अध्यक्ष बनाउन चाहेका व्यक्ति श्रेष्ठ लामो समयदेखि इन्धन ढुवानी व्यवसायमा संलग्न व्यक्ति भएको तथ्य खुलेको हो ।
उनको एक्सप्रेस परिवहन सेवा कम्पनी छ । श्रेष्ठ पछिल्लो समय इन्धन तस्करीमा संलग्न हुँदै आएको आरोप लागेको छ । बुटवलस्थित सिद्धार्थ पथमा रहेको श्रेष्ठको एक्सप्रेस परिवहन सेवा प्रालिको नाममा २५ वटा ट्यांकरले इन्धन ढुवानी गर्दै आएको स्रोत बताउँछ । कागजमा सो कम्पनीका मुख्य लगानीकर्ता चोपनारायण श्रेष्ठ र उनका छोरा सन्तोषनारायण श्रेष्ठ भएको भेटिएको छ । आइतबार अन्तर्वार्ता र प्रस्तुतीकरण सहभागी भएका श्रेष्ठ ओलीकै सल्लाहमा गएको बताइन्छ ।
अन्य तीन जनाले भने अख्तियारमा उजुरी परेका कारण नगएको हुन सक्ने बताइएको छ । अध्यक्ष आफू निकटकै बनाउन सत्ता पक्षबाटै यस्तो चलखेल भएको आशंका पनि बजारमा चलेको छ । सरकारले गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । ओलीले श्रेष्ठलाई जसरी पनि बनाउने भनेपछि अरु माओवादी निकटका तीन जनालाई उपस्थित नहुन भनिएको स्रोत बताउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार