काठमाडौंमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनी हुँदै
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार १९:२१:४६
२ असार, काठमाडौं । मंगलबार काठमाडौँको बौद्धस्थित होटल हायात रिजेन्सीमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । चीनको उच्च तहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उद्देश्यले नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदले काठमाडौँमा प्रदर्शनी आयोजना गर्न लागेको हो ।
प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजले भाग लिने आयोजक कमिटीले जनाएको छ ।
नेपाल–चीन सांस्कृतिक शैक्षिक परिषदका अध्यक्ष डा हरिश्चन्द्र साहका अनुसार ३१ वटा विश्वविद्यालयका स्टल रहने, प्रत्येक स्टलमा नेपानी विद्यार्थी र तिनका अभिभावकलाई चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्तिलगायत विभिन्न विषयमा विज्ञहरूले जानकारी दिनेछन् । मंगलबार बिहान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्तरुपमा प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ ।
“प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइए छ । प्रदर्शनीमा सहभागी भइ आफ्ना छोराछोरीको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन हामी अभिभावकसँग अनुरोध गर्दछौँ,” साहले भने, “साथै विद्यार्थी स्वयं उपस्थित भई उच्च शिक्षाबारे आवश्यक जानकारी लिऊन् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।”
उनले चीन छात्रवृत्ति परिषद्, जनवादी गणतन्त्र चीनको शिक्षा मन्त्रालय, नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला आयोजना गर्दै आएको जानकारी दिए ।
पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएको थियो भने त्यसयता प्रत्येक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको साहले जानकारी दिए । “चीनमा एक सय ६० देशका पाँच लाख विद्यार्थी विभिन्न विषयमा अध्ययनरत छन् ।
प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० भन्दा बढीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ,” उनले भने, “पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थीबाहेक सेल्फ फाइनान्सका विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
यसैलाई मध्यनजर गर्दै हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना गर्दै आएका छौँ ।” यस किसिमको शैक्षिक प्रदर्शनीबाट नेपाली विद्यार्थीले चिनियाँ शिक्षाको बारेमा मात्रै नभई आगामी दिनमा हाम्रो मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार