ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार २१:४९:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/lalitpur_4E9sPP1f1u_ei6xCHrNys.jpeg)
२ असार, ललितपुर । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ललितपुर महानगरको पूँजीगत खर्च ६१ प्रतिशत रहेको छ । आर्थिक प्रशासन महाशाखा प्रमुख विदुर कुमार धिमालले महानगरले जेठ मसान्तसम्ममा पूँजीगततर्फ रु दुई अर्ब ४३ करोड ९२ लाख ३७ हजार खर्च गरेको बताए ।
“पूँजीगततर्फ यस आवमा रु चार अर्ब २९ करोड ४६ लाख पारित भएको थियो, जसमध्ये जेठ मसान्तसम्ममा रु दुई अर्ब ४३ करोड ९२ लाख ३७ हजार खर्च भइसकेको छ, जेठ मसान्तसम्म सम्झौता भइसकेको र सम्पन्न हुन बाँकी कामको मात्रै यो महिनामा भुक्तानी हुन्छ”, उनले भने, “बजेटमा समावेश भएको तर सम्झौता हुन बाँकी काम तथा योजना नयाँ दायित्व सिर्जना हुने गरी यो महिनामा भुक्तानी नगर्ने हाम्रो नीति छ ।”
अघिल्लो आव २०७९/०८० को जेठ मसान्तसम्म ४० प्रतिशतको हाराहारीमा खर्च भएको थियो, सोही आधारमा हेर्दा यो वर्ष उल्लेख्य प्रगति भएको उहाँले जानकारी दिनुभयो । यस्तै, चालु आवको वैशाख मसान्तसम्म आन्तरिक आयतर्फ रु एक अर्ब ७५ करोड २४ लाख ९० हजार राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख प्रेम बहादुर थापाले जानकारी गराए ।
“गत वर्षको नगरसभाबाट पारित वार्षिक आयव्यय अनुसार चालु आवमा रु दुई अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य लिएको थियो, सोही नीतिअनुसार वैशाख मसान्तसम्म रु एक अर्ब ७५ करोड २४ लाख ९० हजार सङ्कलन भएको छ । प्रस्तावित राजस्व सङ्कलन लक्ष्यको आधारमा यो ७२ दशमलव ९६ प्रतिशत हो, जेठ मसान्तसम्मको अद्यावधिक गर्ने चरणमा छौँ”, थापाले भने ।
यस्तै महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनले ललितपुरले गरेको खर्चमा बेरुजु रकम शून्य दशमलव ४६ प्रतिशत मात्रै रहेको देखाएको छ । यसले वित्तीय सुशासनमा ललितपुर अब्बल रहेको देखिएको छ ।
“पुरानो बेरुजु धेरै फछ्र्योट गर्नुका साथै नियमानुसार गरिएको खर्चमा बेरुजुलाई एक प्रतिशतभन्दा कममा सीमित राख्नु वा बेरुजु शून्य राख्न सफल हुनु वित्तीय सुशासनको आधार हो, हामीले यस आवमा पुरानो बेरुजु रु ५८ करोडभन्दा बढी रकम फर्छ्योट गर्न सफल भएका छौँ । सवारी इन्धनको बचत गर्न विद्युतीय सवारी खरिद गरी प्रयोगमा ल्याइएको छ, प्रशासनिक खर्च कम गरी पुँजीगत खर्च वृद्धि गरेका छौँ”, धिमालले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोरीको जन्मदर्ता गर्दा दुई हजार पाँच सयको मुद्दति खाता उपहार
असार ११, २०८१ मंगलबार
ललितपुर महानगरको बजेट रु सात अर्ब ४६ करोड
असार १०, २०८१ सोमबार
काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार