कस्तो रहला आज दिनभरको मौसम ?
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार ८:६:२४
३ असार, काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार