बंगलादेशसँग २१ रनले पराजित भयो नेपाल
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १०:२९:१८
३ असार, काठमाडौं । नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ । बंगलादेश यस जितले ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।
समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले हराउँदै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको हो । सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो ।
यो सँगै बंगलादेश ट्वान्टी–२० क्रिकेट विश्वकपमा सबैभन्दा सानो योगफल रक्षा गर्ने टिम बनेको छ । नेपाललाई जितका लागि अन्तिम दुई ओभरमा २२ रनको आवश्यकता थियो । बंगलादेशबाट १९औँ ओभर बलिङका लागि आएका मुस्ताफिजुर रहमानले स्ट्राइकमा रहेका दीपेन्द्रसिंह ऐरीलाई लगातार पाँच बल डट फ्याक्दै अन्तिम बलमा आउट गरी उत्कृष्ट विकेट मेडन बलिङ गरेका थिए ।
२०औँ ओभरमा जितका लागि २२ रननै आवश्यक हुँदा नेपालले आठ विकेट गुमाइसकेको थियो । २०औँ ओभर बलिङमा आएका साकिब अल हसनले दुई बलमा दुई विकेट लिएपछि नेपाल २१ रनले पराजित भएको हो ।
नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए । कुशलले २६–५ को कठिन अवस्थाबाट दीपेन्द्रसिंह ऐरीसँग ५२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, १६.४ ओभरमा मल्ल आउट भएपछि नेपालले पुनः लगातार विकेट गुमाएको हो ।
दीपेन्द्रले २५ रन थपे । ओपनर आसिफ सेखले १७ रन जोडे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपालका चार ब्याटर शून्यमा पभेलियन फर्किएका थिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।
बंगलादेशका साकिब अल हसने सर्वाधिक १७ रन बनाए । नेपाली टिमका कप्तान रोहितकुमार पौडेलबाट एलबीडब्लूको धरापमा पर्नुअघि साकिबले २२ बलमा दुई चौका प्रहार गरे । महमदुल्लाह र रिसाद हुसैनले समान १३ रन थप्दा लिटोन दास र तक्षिन अहमेदले १२ र १० रन जोडे । यसबाहेक बंगलादेशका अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेको थिएन ।
नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानले समान दुई विकेट लिए । रोहित र सन्दीपले पहिलो पटक ट्वान्टी–२० विश्वकपमा विकेट लिएका हुन् । बंगलादेशका जाकेर अली र तान्जिम हसन साकिबलाई बोल्ड गरेका सन्दीप यो खेलसँगै नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने पहिलो बलरसमेत बने । सन्दीपले ५४औँ खेलमा यो कोशेढुंगा पार गरेका हुन् ।
सन्दीप अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा दोस्रो सबैभन्दा छिटो १०० विकेट लिने बलरसमेत बने । उनी अगाडि अफगानिस्तानका राशिद खानल ५३ खेलमा १०० विकेट लिएका थिए । जितसँगै सुपर–८ मा स्थान निश्चित गरेको बंगलादेशले चार खेलबाट ६ अंक जोड्यो । बंगलादेश समूहको दोस्रो स्थानमा रहँदै सुपर–८ प्रवेश गरेको हो ।
यो खेलसँगै नेपाल ट्वान्टी–२० विश्वकपमा जितविहीन बन्यो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार