वीरगञ्जमा रोकिएन तस्करी, बिलबिजक जारी नभएका २७ करोडका सामान बरामद
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १०:४६:५९
३ असार, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा करिब साढे २७ करोड मूल्य पर्ने बिलबिजक नभएका सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियताले पछिल्लो समय दिनहुँ जसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्दा धेरै सामान ल्याएको सामग्री तथा उपकरण नियन्त्रणमा लिने क्रम बढेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति राधेश्याम धिमालले आव २०७९/८० को तुलनामा चालु आवको ११ महिनाकै अवधिमा अवैध चोरी, निकासी, पैठारीबाट ३ करोड ७ लाख ३५ हजार ९ सय ४१ मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेको बताए ।
भन्सार छली तथा चोरी पैठारी र बिलबिजकभन्दा धेरै सामान ल्याउनेलाई पक्राउ गरेर सम्बन्धित निकायमा बुझाउँदै आइरहेका छौँ, उनले भने, चोरी–तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ । बिलबिजक अनुसार नभएको सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।
सशस्त्र प्रहरीले गत आव भरिमा भने २४ करोड ३८ लाख ४० हजार ९ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै चिसो पेयपदार्थ, लत्ताकपडा र प्याज र मेसिनरी पार्टपुर्जाको धेरै तस्करी हुने गरेको देखाउँछ ।
गणपति धिमालले पर्सा जिल्लामा नेपाल भारत खुला सीमानाका भएकाले दुवै मुलुकमा चोरी तस्करी निमिट्यान्न पार्न नसकिए पनि नियन्त्रण गर्नका लागि अधिकतम प्रयास भने जारी राखेको बताए । हामीले आफूसँग भएको जनशक्तिलाई सीमा सुरक्षाको साथसाथै चोरी÷तस्करी नियन्त्रणका लागि खटाउँदै आइरहेका छौँ । जसको परिणामस्वरुप पनि गत आवको तुलनामा चालु आवको ११ महिनामा अवैध बरामद भएको सामान तथा उपकरणको रेकर्डले पनि देखाउँछ, उनले भने ।
सशस्त्र प्रहरी बलले चालु आवको ११ महिनाको अवधिमा बिलबिजक अनुसार नभएको १५ करोड ४० लाख ४५ हजार दुई सय ६२ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । सोही अवधिमा भन्सार छली गरेर भित्रिएका रु १२ करोड पाँच लाख ३१ हजार छ सय १० मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
सशस्त्र प्रहरी बलले गत आव भरिमा भने बिलबिजक अनुसार नभएको १२ करोड ९५ लाख ६६ हजार तीन सय १६ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो । त्यस्तै गरी सोही वर्ष रु ११ करोड ४२ लाख ७४ हजार छ सय १५ मूल्य भन्सार छलीका सामान तथा उपकरण जफत गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको जनाएको छ ।
गणपति धिमालले चोरी तस्करी नियन्त्रण गर्नका लागि सक्रियतापूर्वक काम गर्दै आइरहेको बताए । पर्सा जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सीमित स्रोतसाधनको बाबजुत पनि हामीले चोरी तस्करी नियन्त्रणको प्रयास गर्दै आइरहेका छौँ, उनले भने । सशस्त्र प्रहरी सीमा नाकामा सिसी क्यामेरालगायतका उपकरण जडान गरेर तस्करी नियन्त्रणको लागि प्रयास गर्दै पनि आइरहेको जनाएको छ । त्यस्तै गरी सीमानाका क्षेत्रमा दुई पटक स्वास्थ्य शिविर पनि सञ्चालन गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार