ललितपुरको श्रमजित माविमा खेताला शिक्षक राखेर तलव खाने पौडेलविरुद्ध शिक्षामा उजुरी
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १४:५७:६
३ असार, काठमाडौं । ललितपुरकाे श्रमजित किशोर मावि लुखुशीमा मावि तृतीय श्रेणीका विज्ञान शिक्षक राजेन्द्रराज पौडेलले खेताला शिक्षक राखेर आफूले अवैध रुपमा तलब लिएको भन्दै अर्का शिक्षकले शिक्षा मन्त्रालयमा उजुरी पठाएका छन् । अशोक यादवलाई खेताला शिक्षक राखेर बर्षौदेखि पौडेलले तलब भने आफूले खाँदै आएको पाइएको छ ।
पौडेलविरुद्ध श्रमजित किशोर मावि लुखुशी ललितपुरका एक निवर्तमान शिक्षकले शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत उजुरी पत्र पठाएको बताएका छन् । उनले मन्त्री श्रेष्ठलाई पत्रसँगै श्रमजित किशोर माविका तृतीय श्रेणीका विज्ञान शिक्षक पौडेलले खेताला शिक्षक राखेको र पौडेलले विद्यालयको अध्यापन तालिकामा समेत पठाएको बताएका छन् । उनले शिक्षामन्त्री श्रेष्ठलाई हुलाकमार्फत पठाएको पत्रमा सो माविका विज्ञान शिक्षक पौडेलले खेताला शिक्षक राखी बर्षौदेखि नियम विपरीत कार्य गर्दै आएकोले उनलाई नियम बमोजिम कारबाही गर्न माग गरेका छन ।
विज्ञान शिक्षक पौडेलको विद्यालयको अध्यापन तालिकामा नामसमेत नभएकोले प्रमाण स्वरूप सो रूटिन पनि पेस गरेको बताएका छन । उजुरीकर्ता निवर्तमान शिक्षकका अनुसार निज पौडेल एक विद्यालयको प्रधानाध्यापक हुँदा भ्रष्टाचारको आरोपमा कारवाही परेपछि श्रमजित मावि ललितपुरमा सरुवा भएका थिए ।
उनलाई ललितपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीको संरक्षण रहेको छ । खेताला शिक्षक राखेर तलब खाने शिक्षक पौडेल ललितपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीको विश्वासिला पात्र हुन् । महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले पौडेलमार्फत नै शिक्षक सरुवा र नियुक्तिमा अनियमित तवरले रकम उठाउने गरेका छन ।
यस विषयमा विगतमा शिक्षा मन्त्रालयलगायत विभिन्न निकायमा उजुरी पर्दासमेत महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले शिक्षक पौडेललाई बचाउँदै आएका छन । त्यसैले शिक्षा मन्त्री श्रेष्ठलाई हुलाकमार्फत पत्र पठाउनु परेको उनले बताए । यस विषयमा ललितपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीसँग भने सम्पर्क हुन सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार