रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १३:५४:३७
३ असार, रौतहट । रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो ।
सरोकारवाला निकायले बेवास्ता गर्दा जिल्लाको गौर,गरुडा,चन्द्रनिगाहपुर,कटहरिया,शिवनगर लगायतका प्रत्येक बजारमा समय अगावै औषधि हालेर पकाइएको आँप व्यापारीले महँगो मूल्यमा बिक्री गरिरहेका छन् । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खरिद नगर्न तथा खानसमेत नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा बिक्रीका लागि विषादी प्रयोग गरिएका आंँप राखिएका छन् । आँंपमा विषादी हालेर पकाइने गरेकोले सावधानी अपनाउन पनि स्वास्थ्यकर्मीहरुको सुझाव छ । सिम्स हस्पिटलका प्रमुख डा. रामकिशोर साहले हानिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताए ।
विभिन्न किसिमका विषादी प्रयोग गरी पकाएको आँप लगायत अन्य फलफूल सेवन गर्दा स्वास्थ्य बिग्रने उनको भनाइ छ । जिल्लाको चन्द्रनिगाहपुर, गरुडा तथा गौर क्षेत्रमा कार्बाइड अत्यधिक प्रयोग गरिएको आँप निर्बाध बिक्री वितरण गरिएको भएपनि त्यसको रोकथामतर्फ हालसम्म स्थानीय तह तथा प्रशासनले कुनै पहल नगरेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेले बताए । उनले मानव स्वास्थ्यमा खेलबाड हुने गरी विषादी प्रयोग गरिएको आँप बिक्री वितरण तुरुन्त रोक्न पनि माग गरेका छन् ।
चिकित्सकहरुले विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने भन्दै सचेत गराउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
बहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार