संसदका कर्मचारीको मागका सम्बन्धमा राखिएको बैठकमा एनजीओको खाजाबारे कांग्रेसले उठायो प्रश्न
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १४:२९:०
३ असार, काठमाडौं । संसद सचिवालयका कर्मचारीको आन्दोलन लगायतको विषयमा छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राखेको बैठकमा नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको बैठकमा कसरी एनजीओको खाजाले प्रवेश पायो भन्दै प्रश्न उठाएको छ ।
कांग्रेसले संसदीय समितिको बैठकमा एनजीओले ल्याएको खाजा खुवाउनुपर्ने स्थिति आउनु दुखद भएको भन्दै यसबारे सभामुखले चासो लिनुपर्ने बताएको छ । बैठकपछि प्रमुख सचेतक रमेश लेखकले समितिको बैठकमा एनजीओले खाजा खुवाउनुपर्ने विषय गम्भीर र संवेदनशील रुपमा उठाएको बताए ।
उनले आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनजीओले ल्याएको खाजा खुवाएको विषयमा आजको सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सचेतकहरू रहेको बैठकमा छलफल भएको बताए । यो गम्भीर र संवेदनशील विषय हो । संसदले व्यहोर्न नसकेर एनजीओसँग मागेको हो कि एनजीओहरूले त्यसै समितिमा ल्याएका हुन यसबारे सभामुखले सोध्नुपर्छ, उनले भने ।
राज्य व्यवस्था समितिको बैठकमा गैरसरकारी संस्थाले खाजा बाँडेपछि खैलाबैला भएको थियो । गृहमन्त्री रवि लामिछाने बैठक छाडेरै हिँडेका थिए । समितिको सभापतिमा कांग्रेसकै रामहरि खतिवडा छन् । उनले पनि खाजाबारे मजाक गरेका थिए ।
राज्य व्यवस्था समितिको हलमा बसेको बैठकमा कर्मचारीको न्यायोचित माग सम्बोधन गर्नुपर्ने र यसबारे मंगलबार अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने भन्दै आजको छलफल सकिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
कर्मचारीहरूले उठाएको न्यायोचित मागलाई पूरा गर्नुपर्छ । माग पूरा गर्नको सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेछ । यो मागबारे सकारात्मक छौं । भोलि नै अर्थमन्त्रीसँग छलफल गरेर कर्मचारीलाई आन्दोलनको तहमा नपुर्याउने सहमति भएको छ, उनले भने । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि कर्मचारीले श्रम अनुसारको सेवा सुविधा पाउनुपर्छ भन्नेमा सबै एकमत रहेको बताए ।
बैठकमा दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसदका महासचिव र सचिवालय सचिवलगायत सहभागी थिए । संघीय संसद सचिवालय कर्मचारी युनियनका तर्फबाट अतिरिक्त समयमा गरेको कामको भत्ता पाउनुपर्ने लगायतको ११ बुँदे माग राखेर कर्मचारीहरू आन्दोलनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार