भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १५:२९:८
३ असार, काठमाडौं । असार ७ गतेदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को गीत 'आगोको राप' सार्वजनिक गरिएको छ ।
शनिबार सार्वजनिक गीतमा सत्यराज र स्वरुपराज आचार्यको स्वर छ। भक्तराज आचार्य संगीत रहेको गीतलाई नवराज लम्सालले लेखेका हुन् ।
भिडियोमा फिल्मका कलाकार सत्यराज आचार्य,दयाहाङ राई,अरुणा कार्की,स्वर्गीय गोपाल भुटानी लगायत प्रस्तुत छन्। १३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले फिल्मको पुनःप्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधन पश्चातका केही दृश्यहरु समेत समेटिने छ ।
यो फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य , अरुणा कार्की ,सुनील पोखरेल देखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत यसमा देख्न सकिन्छ ।
रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । यो फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...
असोज ११, २०८१ शुक्रबार
फिल्म छक्का पञ्जा-५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक
असोज ३, २०८१ बिहिबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार