इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १८:१७:२४
३ असार, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय युद्ध क्याबिनेट विघटन गरेका छन् । गान्ट्ज र गाडी इसेनकोटले एक साताअघि युद्ध क्याबिनेटबाट आफूलाई अलग गरपछि प्रधानमन्त्री नेतान्याहूले युद्ध क्याबिनेटको विघटन गरेको सिएनएनले जनाएको छ ।
यी दुई युद्ध क्याबिनेटबाट अलग भएको करिब एक हप्तापछि नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन् । इजरायली मिडिया रिपोर्टका अनुसार गाजामा हमाससँग जारी युद्ध जस्ता संवेदनशील मुद्दाहरू अब एउटा सानो प्लेटफर्ममा छलफल गरिनेछ ।
मन्त्रिपरिषद्मा अति दक्षिणपन्थी सहयोगीहरूको माग बमोजिम युद्ध मन्त्रिपरिषद्को विघटन गरेको रिपोर्टमा बताइएको छ । युद्ध क्याबिनेटमा नेतान्याहूको आलोचना बढेपछि उनको समस्यालाई निरन्तर बढाइरहेको थियो । यति मात्र होइन, ती मागका कारण अमेरिकालगायत अन्य अन्तर्राष्ट्रिय सहयोगीहरूसँग इजरायलको सम्बन्ध पनि तनावपूर्ण हुन सक्ने देखिएको थियो ।
यसैबीच इजरायली सेनाले यो निर्णयले आफ्नो कार्यमा असर नपर्ने बताएको छ । बेनी गान्ट्ज र गाडी इसेनकोटले गाजामा तनाव अन्त्य गर्ने नेतान्याहूसँग कुनै योजना नभएको आरोप लगाउँदै युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए ।
अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतान्याहुले युद्ध मन्त्रीमण्डल गठन गरेका थिए । युद्ध मन्त्रिपरिषद्मा दुई पूर्व सेना प्रमुख पनि सदस्य बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
काठमाडौंविरुद्ध ब्याटिङ गर्दै विराटनगर
मंसिर ३०, २०८१ आइतबार
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
मंसिर ३०, २०८१ आइतबार
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
मंसिर ३०, २०८१ आइतबार
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
मंसिर ३०, २०८१ आइतबार
उधौली पर्व/योमरी पुन्हि (ज्यापु दिवस)/धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल
मंसिर ३०, २०८१ आइतबार