करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १९:१३:३२
३ असार, बुटवल । करेण्ट चाउचाउमा किरा भेटिएको भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियो प्रति उत्पादक यशोदा फुड्स प्रा.लिले गम्भीर आपत्ति जनाएको छ । सो कम्पनीले उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुँदै नभएको विषयलाई अतिरञ्जित तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरूप्रति उद्योग सजग रहेको बताएको हो ।
हालैका दिनमा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएकोमा उद्योगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत् जनाएको छ । सो विज्ञप्तिमा “यस्ता मनोगढंत, कपोलकल्पित र काल्पनिक कुराहरूको पछाडि नलागि यस उद्योगका उत्पादनहरूको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नु हुन र बजारमा म्याद समाप्त भएका अर्थात् उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत” करेण्ट चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्सले आम उपभोक्तामा अपिल गरेको हो ।
देशमा बेरोजगारी बढिरहेको अवस्थामा हजारौं नेपाली दाजुभाई दिदीबहिनीहरुलाई रोजगारी, करोडौं विदेशी मुद्रा आर्जन गर्ने, सरकारलाई राजश्वमा करोडौंको योगदान गर्ने र नेपाली कृषि उपजको सदुपयोग गरी उत्पादन तयार गर्ने, समय–समयमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई स्थलगत अवलोकन गराई उत्पादनको बारेमा जानकारी गराउने गरेको कम्पनीको भनाइ छ । तर उद्योगलाई निहित स्वार्थ पुरा गर्न अनावश्यक दुख दिने नियतले केही तत्वहरुले स्वार्थी तत्वहरुलाई प्रयोग गरी कपोलकल्पित समाचार बनाउन लगाउने, बनाउने र प्रसारण गर्नेहरू विरुद्ध प्रचलित साइबर कानुन लगायतका प्रचलित नेपाल कानुन बमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहलकदमी लिइसकेको विज्ञप्तिमा उल्लेख छ ।
”गुणस्तर, स्वाद र सन्तुष्टि नै हाम्रो लक्ष्य हो“ भन्दै विज्ञप्तिमा विदेशी चाउचाउ पैठारीमा राज्यको अरबौं रुपैयाँ विदेशिएको अवस्थामा आफ्नै देशमा नेपाली किसान दाजुभाई दिदीबहिनीहरुबाट उत्पादित अकबरे खुर्सानी, गुन्द्रुक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी चाउचाउ बनाउने गरिएको दावी कम्पनीको छ । नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठुलो धनराशी विदेश जानबाट रोक्नुका साथै करिब एक हजार नेपाली दाजुभाई दिदीबहिनीहरुलाई प्रत्यक्ष रुपमा तथा सयौं डिलर बिक्रेतामार्फत अन्य हजारौं नेपालीहरूलाई रोजगारी दिलाउन सफल भएको कम्पनीले जनाएको छ ।
यशोदा फुड्स प्रा. लि. का उत्पादनहरू स्वदेश तथा भारत, जापान, युएई, बहराइन, न्युजिल्यान्ड, अमेरिका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरूमा समेत निर्यात भई उपभोक्ताको रोजाइमा परेको विज्ञप्तिमा उल्लेख छ । अतः विदेशमा समेत ख्याति कमाउँदै हरेक नेपालीहरूको जिब्रोमा बस्न सफल यशोदा फुड्सका उत्पादनहरू प्रयोगशाला परीक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाइरहेको साथै ६० करोड नेपाली रुपैयाँ भन्दा बढीका उत्पादन चालु वर्षमा विभिन्न देशमा निर्यात गरी सो बराबरको विदेशी मुद्रा आर्जन गर्न उद्योग सफल भएको जनाइएको छ ।
यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तर (क्वालिटी) मा विशेष सजगता अपनाई आएको दावी गर्दै उद्योग स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र कुनै कपोलकल्पित फण्डा तयार गरी आम उपभोक्ता महानुभावहरूको भावनामा माथि खेलवाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्वहरुप्रति सचेत रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
बाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार