लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार २१:४२:२४
३ जेठ, सिरहा । सिरहाको लहान नगर क्षेत्रका बस्तीमा चोरी डकैतीको अफबाह फैलाएर त्रास फैलाउने काम नगर्न र भ्रममा नपर्न प्रहरीले आग्रह गरेको छ । गत वैशाख ३१ गते राति लहान नगरपालिका–१७ स्थित हरिपुरमा डाकाहरूको समूहले लुटपाट गरेपछि प्रतिकारमा उत्रिएका स्थानीयमध्ये पाँच जना घाइते भएका थिए ।
उक्त घटनाका केही आरोपीलाई पक्राउ गरी कारबाही गरिए पनि त्यही घटनालाई देखाएर समाजमा त्रास फैलाउने काम गरिएको भन्दै प्रहरीले सचेत गराएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक अविनाश अधिकारीले आज विज्ञप्ति जारी गरी समाजमा त्रास फैलाउने कार्यमा नलाग्न र त्यसबाट भयभित नहुन आग्रह गरे ।
विज्ञप्तिमा भनिएको छ, “केही समूह र व्यक्तिले विभिन्न स्थानमा डकैती हुँदैछ भनी अनर्गल प्रचार गर्ने, अफवाह फैलाउने, त्रसित बनाउने र जनमानसमा भ्रम फैलाउने काम गरिरहेका भन्ने बुझिन आएकाले यस्ता भ्रामक, तथ्यहीन तथा झुठो हल्लाका पछाडि नपर्न तथा शान्तिसुरक्षाप्रति विश्वस्त हुँदै आफ्ना नियमित काम गर्न सबैमा अनुरोध गर्दछौँ ।”
नेपाल प्रहरी जस्तोसुकै परिस्थितिमा पनि शान्तिसुरक्षा प्रदान गर्न सक्षम रहेको भन्दै भ्रममा नपरी अफवाह फैलाउनेका बारेमा सही सूचना उपलब्ध गराउन प्रहरीले सबैलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
राष्ट्रपति समक्ष नवनियुक्त पाँच राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार