लगातार फिल्म फ्लप भएपछि हिट फिल्मको खोजीमा अक्षयकुमार
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार ९:३८:२
४ असार, काठमाडौं । बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमार बक्स अफिसमा लगातार फिल्म फ्लप भएपछि हित फिल्मको खोजीमा रहेका छन् । उनको अघिल्लो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ ले बक्स अफिसमा खराब प्रदर्शन गरेको थियो ।
यस फिल्मले भारतीय बक्स अफिसमा ५९ करोड मात्र कलेक्सन गरेको थियो । ठुलो बजेटमा बनाइएको बनिएको यो फिल्म फ्लप भएको थियो । यस फिल्मको बजेट साढे ३ सय करोड भारू रहेको बताइएको छ ।
यसअघि उनको २०२३ को अक्टोबरमा रिलिज भएको ‘मिशन रानीगञ्ज’ पनि फ्लप भएको थियो । यस फिल्मले बक्स अफिसमा केवल ३३ करोड मात्र कमाई गरेको थियो । यो फिल्मले पनि आफ्नो लागत उठाउन सकेन । यसको लागत ५५ करोड भारू बताइएको छ ।
त्यसैगरी २०२३ को फेब्रुअरीमा रिलिज भएको फिल्म सेल्फी पनि फ्लप भएको थियो । करिब सय करोडको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा केवल २३ करोड मात्र कमाएको थियो । त्यस्तै २०२२ को अक्टोबरमा रिलिज भएको अक्षयकुमारको रामसेतु पनि बक्स अफिसमा फ्लप भएको थियो । १५० करोडको लागतमा बनेको यो फिल्मले केवल ९२ करोड मात्र कमाएको थियो ।
यसरी लगातार फिल्म फ्लप भएपनि उनका नयाँ फिल्म आउने क्रम रोकिएका छैनन् । अक्षय कुमारको आगामी फिल्महरूमा 'सरफिरा', 'खेल खेल में', 'वेलकम टु द जङ्गल' र 'स्काई फोर्स' समावेश छन् । त्यस्तै उनी ‘सिंघम अगेन’ मा पनि देखिनेछन्, तर फिल्म मुख्यतया अजय देवगनको चरित्रको वरिपरि घुम्ने भएकाले यसमा उनको भूमिकाका लागि क्रेडिट पाउने सम्भावना देखिंदैन ।
सिरफिरा
‘सरफिरा’ जुलाई 12 मा रिलीज हुनेछ । यो फिल्म सूर्या स्टारर फिल्म ‘सूरराई पोत्रु’ को हिन्दी रिमेक हो । यो फिल्म पनि सुधा कोंगाराले नै निर्देशन गरेकी थिइन् भने हिन्दी रिमेक पनि उनले नै निर्देशन गरेकी हुन् । ‘सराफिरा’ मा अक्षय कुमारसँगै राधिका मदान र परेश रावल पनि देखिनेछन् । यो फिल्मले कमल हसनको ‘इन्डियन २’सँग प्रतिस्पर्धा गर्नेछ ।
खेल खेल मे
अक्षय कुमारको अर्को फिल्म ‘खेल खेल मे’ अगस्त १५ मा रिलिज हुदै छ । यस फिल्ममा तापसी पन्नु, वाणी कपूर, फरदीन खान र आदित्य सिलले पनि अभिनय गरेका छन् । यो कमेडी फिल्म हो । यो फिल्मको अगाडिको चुनौती कम छैन, किनकि जोन अब्राहमको ‘वेद’ र राजकुमार राव र श्रद्धा कपूरको ‘स्त्री २’ सँगै रिलिज हुँदैछ ।
स्काई फोर्स
अक्षय कुमारको ‘स्काई फोर्स’ अक्टोबर महिनामा रिलिज हुँदैछ । यो फिल्मलाई सन्दीप केलवानीले निर्देशन गरेका हुन् । यो एक एक्सन फिल्म हो, जुन भारतीय सेनाले गरेको पहिलो हवाई हमलामा आधारित छ । यो अक्टोबर २ मा रिलीज हुने यस फिल्ममा अक्षय कुमारका अलावा वीर पहाडियाले पनि काम गरेका छन् ।
वेलकम टू द जंगल
‘वेलकम टु द जंगल’ वर्षको अन्तिम महिना अर्थात डिसेम्बरमा रिलिज हुनेछ । जसलाई अहमद खानले निर्देशन गरेका हुन् । यो कमेडी फिल्म हो, जुन ‘वेलकम’ फ्रेन्चाइजको तेस्रो भाग हो । ‘वेलकम टु द जङ्गल’ मल्टिस्टार फिल्म हो, जसमा अक्षय कुमार बाहेक अर्शद वारसी, लारा दत्त, जोन अब्राहम, परेश रावल, रविना टण्डन र दिशा पटानी लगायतका कलाकारहरु देखिनेछन् । तर, मिडिया रिपोर्टका अनुसार यो फिल्मको रिलिज मिति परिवर्तन गरेर २०२५ मा धकेलिन सक्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार