कालोपट्टी बाँधेर महासचिवको कार्यालय घेर्न गएका कर्मचारी संसद बैठक सुरु भएपछि फर्किए
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १२:४४:४३
४ जेठ, काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित महासचिव पदमप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै कर्मचारीलाई सेवा सुविधाको व्यवस्था गर्न माग गरेका हुन् । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता दिनुपर्ने उनीहरूको माग छ ।
११ बुँदे माग राखेर उनीहरू आन्दोलित छन् । संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ । संसद्मा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरे बापत सेवा सुविधा, भत्ता लगायत थप गर्न माग राखेर बिहान १० बजेदेखि बिहान ११ बजेसम्म धर्ना दिइएको संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले नेपालबहसलाई जानकारी दिए ।
संसद्का कर्मचारीहरूले गत जेठ २९ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । माग पूरा गर्न १ हप्ते अल्टिमेटम दिएका उनीहरूले माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालेका छन् । कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर संसदमा काम गरिरहेका छन् । माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने कर्मचारी युनियनका अध्यक्ष बेल्बासेले जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक सुरु भएपछि कर्मचारीहरू धर्ना छोडेर काममा फर्किए । आजको संसदमा नेकपा एमालेका सांसद रघुजी पन्तले ओभरटाइम गरेको समयको भत्ता माग राखेको बताए । अतिरिक्त समय काम गर्दा भत्ता नपाउने भन्ने विषय सम्बोधन गरिनुपर्ने उनले बताए । संसदमा कर्मचारीहरु धर्नामा बस्नुपर्ने र सांसदलाई दिनुपर्ने सुविधा कटौती हुने अवस्थामा हाम्रो अवस्था भएको हो र ?’ उनले प्रश्न गरे । नियम अनुसार भत्ता दिन उनको आग्रह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार
पुस १ गते: लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
पुष १, २०८१ सोमबार
तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने एमालेको संकल्प
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल
पुष १, २०८१ सोमबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
सोमबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
पुष १, २०८१ सोमबार
वसन्तपुर दरबार स्क्वायरमा राष्ट्रिय झण्डा दिवस मनाइयो
पुष १, २०८१ सोमबार
खोलामा तरकारी खेती
पुष १, २०८१ सोमबार