अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १३:४९:५२
४ असार, काठमाडौं । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला टाकुबामा सोमबार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जनाउनु भएको छ । यसै गरी राजधानीको राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरु खस्दा आइतबार दुई जनाको मृत्यु भएको थियो ।
शुक्रबार र आइतबारको बिचमा बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको अमायाले बताए । आइतबार, कांग्रेसले स्रोतहरूको परिचालनलाई सहज बनाउन आपतकालिन अवस्थालाई अनुमोदन गर्यो ।
राष्ट्रपति नायब बुकेलेले एक्समा काङ्ग्रेसलाई मंगलबार सङघीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र “त्रासदीको जोखिम कम गर्न आह्वाहान गरे । गत शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ ।
ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको अधिकारीहरूले जनाए ।
इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेहरूको सङख््या छ बाट बढेर सात पुग्नुका साथै अन्य २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाका कारण पहिरो गएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा ८ जना डीन र ३ निर्देशक नियुक्त
मंसिर ३०, २०८१ आइतबार
काठमाडौंविरुद्ध ब्याटिङ गर्दै विराटनगर
मंसिर ३०, २०८१ आइतबार
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
मंसिर ३०, २०८१ आइतबार
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
मंसिर ३०, २०८१ आइतबार
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
मंसिर ३०, २०८१ आइतबार
उधौली पर्व/योमरी पुन्हि (ज्यापु दिवस)/धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार