केन्द्राध्यक्षको लापरबाहीले परीक्षार्थी मर्कामा, कृषिका विद्यार्थीलाई पशुको प्रश्नपत्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १४:४:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/rampratap_aVHLPlOvGT_dRTNoXMP81.jpg)
♦ मुकेश कुमार यादव
४ असार, सिरहा। सिरहामा संचालन भइरहेको प्राविधिक तथा व्यवसायीक शिक्षा एवं तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा तहको परीक्षामा केन्द्राध्यक्ष कै लापरबाहीले सहभागी परीक्षार्थीहरू मर्कामा परेका छन्।
जिल्लाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामङ्ग जनता बहुमुखी क्याम्पस केन्द्रमा सञ्चालित डिप्लोमाको परीक्षामा सोही क्याम्पसका प्रमुख किशोर कुमार साहकै लापरबाहीले पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाएपछि परीक्षार्थीहरू मार्कामा परेका हुन्।
परीक्षार्थीहरूले परीक्षा सकेपछिमात्र आफूहरूसँग भएको प्रश्नपत्र राम्रोसँग हेर्दा कृषि विज्ञानको प्रश्नपत्र परेको थाहा पाएको बताए। उनीहरुले भने, ‘छोटो समय भएकाले हामी प्रश्नपत्र पाउना साथ लेख्ने ध्याउन्नमा लाग्यौं। बीच बीचमा असहज भइरहेको थियो।
परीक्षा सकेर प्रश्नपत्र नियाल्दा हामी पशुका विद्यार्थीका हातमा कृषिका प्रश्नपत्र रहेछ। त्यसपछि हाम्रो होस हवास नै उड्यो।’
केन्द्रमा खटिएका शिक्षकहरूलाई देखाउँदा उनीहरुले पहिला किन नदेखाएको भन्दै हप्की दप्की गरे। पछि केन्द्राध्यक्ष साहले हाम्रो मान्छे माथि परीक्षा केन्द्रमा छ। सबै मिलिहाल्छ। तिमीहरूले चिन्ता लिनुपर्दैन, भन्दै घरजान भनेको परीक्षार्थीहरूले बताए।
केन्द्र अध्यक्ष र परीक्षामा खटिएका सीटीईभीटीका प्रतिनिधिले आश्वासन दिए पनि परीक्षार्थीहरू ढुक्क हुन सकेका छैन। उनीहरू एक वर्ष खेर जाने हो की भन्ने चिन्तामा छन्।
सरस्वती माध्यमिक विद्यालय गोलबजार ३ का प्राविधिक तर्फका संयोजक समेत रहेका डाक्टर ओम प्रकाश साहले परीक्षा सञ्चालकको लापरबाहीले आफ्नो विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताए। उनले भने, ‘विषय नै फरक भएकाले कसरी कपी काटीन्छ ? थाहा छैन। तर, यो उहाँहरूको ठूलो गल्ती हो।’
आज सम्पन्न परीक्षामा डिप्लोमा इन एनिमल साइन्सका विद्यार्थीलाई एग्रिकल्चर विषयको प्रश्नपत्र पर्न गएको परीक्षा केन्द्राध्यक्ष किशोर कुमार साहले बताए। उनले भुल बस पर्न गएको भएपनि त्यस विषयमा माथि छलफल भइरहेको बताए। उनले भने, ‘खासमा हाम्रो जिम्मेवारी भनेको मर्यादित परीक्षा लिने र ठाउँ उपलब्ध गराउने हो।
प्रश्नपत्र, उत्तरपुस्तीका ल्याउने लाने सबै सीटीइभीटीका प्रतिनिधिहरुले गरिरहनु भएको छ। एउटै जस्तो लाग्ने विषय भएकाले भुलवस प्रश्नपत्र तलमाथि परेको रहेछ। हामीले माथि कुरा गरिरहेका छौं। विद्यार्थीलाई मर्का पर्दैन।’
कृषि तर्फमा परीक्षार्थीको प्रश्न पत्र कम भएपछि उनीहरुलाई फोटो कपी गरेर दिएको थियो। फोटो कपी गर्दा लागेको समय थप गरेर परीक्षा लिएको जनाएको छ।
यता सीटीईभीटीका प्रतिनिधिका रुपमा आएका वाहिय् सुरिवेक्षक भोला राय यादव र सुजित रायले भने माथि कुरा भइसकेको छ। हामी मुचुल्का उठाएर पठाउँदै छौं। सबैथोक उत्तैबाट हुने भन्दै थप प्रतिक्रिया दिन चाहेनन्।
हामीले एउटाको प्रश्नपत्र अर्कै विद्यार्थीकोमा कसरी गयो ? भन्ने प्रश्नमा सीटीईभीटीका प्रतिनिधि दुवै जनाले हामीले माथि मिलाई सकेका छौं, अव केही गर्नु पर्दैन भन्दै थप प्रतिक्रिया दिन चाहेनन्। उनीहरुले हामी यहाँबाट मुचुल्का उठाएर पठाउँदै छौं, सबै ठिक भइहाल्छ भन्ने प्रतिक्रिया दिए।
जिल्लाको जनता माध्यमिक विद्यालय, धनगढीमाई ५ तीनकोनी, जय गोविन्द साह टेक्निकल इन्सिच्युट गोलबजार, सरस्ती माध्यमिक विद्यालय गोलबजार ३ सहित ४ वटा विद्यालयको यस परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार