सुर्खेतका तीन किसान मुख्यमन्त्री उत्कृष्ट कृषकबाट पुरस्कृत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १४:२४:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/kisan-2-e1673937361339_nUalfTrTqz_e6julJXNOL.jpg)
३ असार, सुर्खेत । यहाँका तीन किसान मुख्यमन्त्री उत्कृष्ट कृषकबाट पुरस्कृत भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसायबाट राम्रो आम्दानी गरेको भन्दै यहाँका तीनजना किसानलाई पुरस्कृत गरेको हो ।
भैँसीपालन र तरकारीखेती गर्दै आएका गुर्भाकोट नगरपालिकाका गोविन्द ओली, च्याउखेती गर्दै आएका वीरेन्द्रनगर नगरपालिका–११ का इमानसिंह बस्नेत र श्याम कृषि फार्म सञ्चालन गर्दै आएका वीरेन्द्रनगर-३ का श्याम पुरी पुरस्कृत भएको मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई नमूना किसानका रुपमा छनौट गर्दै क्रमशः रु ४० हजार, रु ३० हजार र रु २० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले जनाएको छ ।
पुरस्कारले आफूलाई हौसला मिलेको किसान ओलीले बताए । “यस सम्मानबाट कृषि क्षेत्रमा अझ धेरै केही गरौँ भन्ने उत्साह थपिएको छ”, उनले भने । चार वर्ष वैदेशिक रोजगारीमा बिताएपछि स्वदेशी फर्किएर कृषिमा आबद्ध भएको उनले कृषि व्यवसायमार्फत मासिक रु दुई लाख रकम बचत गर्दै आएको सुनाए । उनले १० जनालाई रोजगारी पनि दिएको छ ।
वीरेन्द्रनगर-११ मा च्याउखेती गर्दै आएका इमानसिंह बस्नेतले पुरस्कार प्राप्त गरेपछि आफूले कृषिमा राम्रो काम गरेको रहेछु भन्ने महसुस भएको भन्दै खुसी व्यक्त गरे । पुरस्कृत श्याम पुरीले पनि यो सम्मानले आफूलाई उत्साहित बनाएको बताए । उनले कृषिबाट मासिक रु एक लाख रकम बचत गर्दै आएको छ ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कृत किसानलाई बधाई दिँदै प्रदेश सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । “हामीले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँ”, उनले भने, “व्यावसायिक कृषिमा लाग्ने किसानलाई सरकारले सहयोग गर्छ ।” उनले कृषि क्षेत्रलाई प्राथमिकता दिएर प्रदेश सरकारले आगामी आवको बजेट विनियोजन गरेको भन्दै स्वदेशमै कृषि व्यवसायमा रमाउन सके विदेशिनु नपर्ने धारणा राखे ।
सो अवसरमा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले सुर्खेत जिल्ला पछिल्लो समय कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै गएको भन्दै युवाको कृषिमा आकर्षण बढ्दै गएको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार