एघार महिनामा सात अर्ब राजस्व संकलन
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १४:२८:२८
४ असार, कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु सात अर्ब ३२ करोड १४ लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो ।
कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ९५ करोड ५२ लाख, अन्तःशुल्कतर्फ रु १८ करोड ९५ लाख र अन्यतर्फ रु एक अर्ब ४० करोड आठ लाख राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।
चालु आवमा भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६३ दशमलव २१ प्रतिशत रहेको उनले जानकारी दिए ।
सूचना अधिकारी खड्काका अनुसार चालु आवको साउनमा रु ४६ करोड ८२ लाख, भदौमा रु ५१ करोड ९३ लाख, असोजमा रु ६३ करोड १४ लाख, कात्तिकमा रु ६१ करोड ४६ लाख, मङ्सिरमा रु ७३ करोड ३४ लाख र पुसमा रु ६८ करोड ९० लाख राजस्व संकलन भएको छ ।
त्यस्तै, माघमा रु ६६ करोड ६७ लाख, फागुनमा रु ६९ करोड एक लाख, चैतमा रु ७२ करोड १३ लाख, वैशाखमा रु ७५ करोड १७ लाख र जेठमा रु ८३ करोड ५३ लाख राजस्व संकलन भएको उनले जानकारी दिए ।
“आयातमा वृद्धि हुन सकेको छैन, निर्यात नगन्य मात्रामा हुन्छ, पूँजीगत खर्च कम छ”, सूचना अधिकारी खड्काले भने, “बढी राजस्व संकलन हुने वस्तुको आयातमा कमी छ, जसले गर्दा राजस्व संकलन लक्ष्यमा पुग्न सकिरहेको छैन, अब एक महिना मात्रै बाँकी छ, राजस्व संकलन लक्ष्यमा पुग्ने सम्भावना न्यून छ ।”
भन्सार कार्यालयको गत आव २०७९÷८० मा रु १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब २९ करोड ६३ लाख राजस्व संकलन भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार