पुष्पा-२ को नयाँ रिलिज मिति सार्वजनिक
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १४:५३:३०
४ असार, काठमाडौं । बलिउडको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्म ६ डिसेम्बर २०२४ मा थिएटरहरूमा रिलिज हुने भएको हो । फिल्मको निर्माण पक्षले यस अघि अगस्त १५ को प्रदर्शन मितिलाई परिवर्तन गर्दै डिसेम्बर ६ मा रिलिज हुने जानकारी दिएका हुन् ।
निर्माण पक्षले फिल्मको गुणस्तरमा सम्झौता गर्न नचाहेकाले रिलिज मिति परिवर्तन गर्नुपरेको बताएको छ।फिल्मको गीत र टिजरले नै अहिले दर्शकमात कौतुहलता देखाएको छ । भर्खरै रिलिज भएको फिल्मको ‘पुष्पा पुष्प’ र ‘अंगारौं’ गरि दुई गीत युट्युबमा हिट भएका छन् ।
रिलिज मिति परिवर्तनले पनि फिल्मलाई ठूलो नोक्सान पुर्याएको रिपोर्टमा बताइएको छ । एक रिपोर्टका अनुसार अगस्त १५ मा सार्वजनिक बिदामा रिलिज गरेको भए फिल्मले ओपनिङ डेमा हिन्दी बेल्टमा मात्र करिब ९५ करोड कमाउन सक्ने थियो । तर अब फिल्मले हिन्दी बेल्टमा मात्रै ६५ करोड रूपैयाँसम्म कमाउन सक्ने बताइएको छ ।
यसरी हेर्दा रिलिज मिति परिवर्तनका कारण फिल्मले करिब ३० करोड घाटा बेहोर्नु पर्नेछ । यदि फिल्म १५ अगस्तमा रिलिज भएको भए ४ दिनको लामो साताको विन्डो पाउने थियो ।
चलचित्र पुष्प २ लाई सुकुमारले निर्देशन गर्दैछन् । पहिलो भाग पनि उनले निर्देशन गरेका थिए । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनिरहेको छ । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल देखिनेछन् ।
यसअघि २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको थियो । सबै सँस्करणहरू सहित, यो फिल्मले भारतमा ३१३ करोड र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार