गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १५:२०:३७
४ असार, रसुवा । यस वर्ष गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढेका छन् । गोसाइँकुण्डमा यस वर्ष एक हजार छ सयभन्दा बढी तीर्थालुले गङ्गादशहरा स्नान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
गत जेठ २५ गतेदेखि यही असार २ सम्म आठ सय ८७ महिला र आठ सय पुरुषले गङ्गादशहरा स्नान गरेको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए । यो सङ्ख्या गत वर्षको तुलनामा ३० प्रतिशतले बढी भएको उनको भनाइ छ ।
समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा पर्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जानेहरूको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोली खटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक केशव भट्टराईले बताए ।
गङ्गादशहरा स्नानका अवसरमा स्वदेशीसँगै ४९ जना विदेशी पनि सहभागी थिए । स्नानका लागि एक सयभन्दा बढी यात्रुहरू हेलिकप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए ।
चालु आर्थिक वर्षसम्म असार १ गतेसम्म गोसाइँकुण्डमा २१ हजार पाँच सय १८ नेपालीहरु पुगेको निकुञ्जका संरक्षण अधिकृत सापकोटाले जानकारी दिनुभयो । केही वर्षअघिसम्म गङ्गादशहरामा १० दिन र जनै पूर्णिमा पाँच दिन गरी वर्षमा १५ दिन मात्रै गोसाइँकुण्डमा तीर्थ गर्ने चलन थियो ।
काठमाडौंबाट मोटरमा धुञ्चे पुगेपछि सोही दिन खन्ति, देउराली र चन्दनवारीलगायतका स्थानमा बास बस्न पुग्न सकिन्छ । खाना र बस्नका लागि गोसाइँकुण्ड, लौरीविनायक, चोलाङपाटी, चन्दनवारी, डिम्सा, देउराली, खन्ति तिवारीवगर समेतका स्थानमा होटल तथा लज सञ्चालनमा रहेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
'तेल भिसा' र 'अग्निदहन' आजदेखि प्रदर्शनमा
मंसिर ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार