बैठकबाटै कांग्रेसका तीन सांसदको गृहमन्त्रीलाई चुनौती
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १६:३:५७
४ असार, काठमाडौं । नेपाली कांग्रेसका तीन जना सांसदले गृहमन्त्री रवि लामिछानेको गराइ, भनाइ र नैतिकतामाथि प्रश्न उठाएर बोलेको कुरा पुरा गर्न चुनौती दिएका छन । सांसदहरु अर्जुननरसिंह केसी, हृदयराम थानी र उदयशमशेर राणाले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएर चुनौती दिएका हुन् ।
सांसद अर्जुननरसिंह केसीले गृहमन्त्री रवि लामिछानेलाई २०४७ देखि २०५८ सालसम्मको लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न चुनौती दिए । यस्तै कांग्रेसका सांसद उदयसमशेर राणाले लामिछानेलाई सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो भनी प्रश्न गरे । अर्का कांग्रेस सांसद हृदयराम थानीले गृहमन्त्री रवि लामिछानेमा सरकारबाहिर रहँदाजस्तो हुटहुटी नदेखिएको टिप्पणी गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले सत्ता गठबन्धनमै आबद्ध नेताहरु पर्नसक्ने भएकाले त्यो प्रतिवेदन सार्वजनिक गर्न नसक्ने जिकिर गरे । सांसद केहीले गृहमन्त्रीले विधि र पद्धतिभन्दा बाहिर गएर प्रहरीमा सरुवाको आतंक मच्चाएको आरोप लगाए । उनले भने, ‘न्यूनतम साझा कार्यक्रममा नयाँ पार्टी र हाम्रो अहिलेको गृहमन्त्रीको प्रभावमा कुनै पनि कालखण्डको भ्रष्टाचारको छानबिन गर्ने लेखिएको भन्ने लागेको थियो, तर सय दिनमा कुनै कारबाहीको प्रक्रिया सुरु भएको देखिएन । बरु गृहमन्त्री नै भ्रष्टाचारको अभियोगमा चर्चित हुनुभयो ।’
त्यो छानबिन हुँदैन । हाम्रा पार्टीका नेताहरुले पनि भन्नुभएको तपाईं साँच्चै भ्रष्टाचारको विरोधमा काम गर्न चाहने हो भने म चुनौती दिएर भन्न चाहन्छु, २०४७ देखि २०५८ सालसम्मको लम्साल आयोग, जसले ४१ हजारभन्दा धेरै व्यक्तिको, तपाईंलाई गाह्रो हुन्छ । तपाईं जुन गठबन्धनमा हुनुहुन्छ, तिनीहरुको पनि त्यतिकै छ, अर्कोथरिको त आँट होला तपाईंको । तपाईंलाई आँट छैन । त्यो प्रतिवेदन सार्वजनिक गर्नुस् र अख्तियारलाई लेखेर पठाइदिनुस्, उनले भने ।
केसीले भने, ‘२०५८ सालपछिका पुरानो सबै गर्ने भन्ने तपाईंको संकल्प छ, त्यो संकल्प सर्वोच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा एउटा भरपर्दो छानबिन समिति गठन गरौं, कांग्रेसले त मागेकै छ । किन आँट भएन ? तपाईंहरु सत्तामा बसेर फाइल खोल्दिम् भनेर धम्काउने ? तपाईंहरुसँग आँट भए सम्पूर्ण फाइल खोल्नुस्, भ्रष्टाचारको विरोधमा राष्ट्रिय अभियान बनाएर जाऔं । त्यो नै आजको आवश्यकता हो ।’
सांसद हृदयराम थानीले प्रतिनिधि सभामा गृह मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सुरुमै भने, ‘गृहमन्त्रीमा हुटहुटी छ । तपाईंको हुटहुटीले नि काम गरेन ।’ कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिवद्धता गृहमन्त्रीले गरेको तर, कार्यान्वयन नभएको उनले सम्झाए ।
सहकारी पीडितहरु आन्दोलनमा रहेको तर, धेरै सहकारीको वचत रकम हिनामिना गर्ने जिबी राईलाई नियन्त्रणमा लिन सरकार असफल भएको भनेर थानीले प्रश्न उठाए । ‘आज जिबी राई चर्चाको विषय छ । उहाँ गोर्खा मिडिया र सहकारीबाटै चर्चामा हुनुभयो’, सांसद थानीले भने, ‘२०८० चैत १० गते गृहमन्त्रीले जिबी राई आकाश हो कि पाताल जहाँ भएपनि हो समातोर ल्याउँछु भन्नुभएको थियो । त्यो याद छ कि छैन ?’
२०८१ वैशाख २९ गते भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जिबी राईलाई अघिल्लो सरकारले भगाएको भनेर गरेको टिप्पणीमाथि समेत थानीले प्रश्न उठाए । ‘जिबी राईलाई अघिल्लो सरकारले भगाएको हो भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ तपाईंको अगाडि हुनुहुन्छ । कसरी भगाउनुभयो ?’, थानीले प्रश्न गरे, ‘५० दिनमा भाषा चेञ्ज गर्नुभयो । यस्तै तरिकाले मुलुक चल्छ, यही तरिकाले गृह मन्त्रालय चल्छ ?’
गृहमन्त्रीले तीनवटा फाइल खोले नेताहरु जेलमा हुने, संसदमा नहुने भनेर दिएको अभिव्यक्तिमाथि समेत सांसद थानीले प्रश्न गरे । ‘तपाईंकै भाषा प्रयोग गरेको छु, तीन वटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्, संसदमा हुँदैनन् भन्नुभयो तपाईंले । मुटु सिंहको जस्तो हुनुपर्छ फिस्टाको जस्तो होइन भन्नुभयो । तीनवटा फाइल के हो ? तपाईंको शक्तिले भ्याउँछ कि भ्याउँदैन ?’, उनले सोधे ।
फाइल खोल्न किन ढिलो गरेको भन्ने उनको प्रश्न छ । ‘किन ढिलो गर्नुभएको छ फाइल खोल्न, अरुलाई फिस्टाको मुटु भन्नुहुन्थ्यो, तपाईं सिंहको मुटु भएको मान्छे के कारणले सुतिरहनुभएको छ अहिले ?’ उनले अगाडि भने, ‘कि भन्नुस् म सिंह हुँ, म सुतिराख्या छु उठेपछि जे पनि गर्छु ।’ गृहमन्त्रीले कांग्रेसलाई धम्क्याउन खोजेको आशंका गर्दै उनले धम्क्याउन छाडेर भ्रष्टाचार र अनियमितताका फाइलहरु खोल्न आग्रह गरे ।
सांसद थानीले गिरीबन्धु टी इस्टेटको जग्गा घोटालाको अनुसन्धान गर्न सक्नुहुन्छ भनी गृहमन्त्रीलाई प्रश्न गरे । ‘गिरीबन्धु टि इस्टेटको छानबिन गर्न तपाईंको सिंहको मुटु छ ? सक्नुहुन्छ त्यसमा तपाईंले ? क्यान्टोनमेन्टको घोटालाको बारेमा तपाईं छानबिन गर्न सक्नुहुन्छ ? ओम्नी र यतीको बारेमा तपाईं छानबिन गर्न सक्नुहुन्छ ?’ थानीले सोधे ।
अर्का कांग्रेसका सांसद उदयसमशेर राणाले लामिछानेलाई सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो भनी प्रश्न गरे । राणाले गृहमन्त्री लामिछानेलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाजका नारा लगाएपछि निर्वाचित गरे पनि सोअनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । उनले बजेट जनताको भएकाले जनप्रतिनिधि सांसदहरूको सुझाव लिएर मात्रै त्यसलाई अघि बढाउन सरकारलाई सचेत गराए। सांसद राणाले बजेट निर्माण गर्दा जनतासँग सुझाव लिने व्यवस्था पनि गर्नुपर्ने धारणा राखे ।
पूर्वअर्थराज्यमन्त्री समेत रहेका राणाले भने, ‘यो बजेट कसको ? जनता कि सरकारको ? जनताको हो भने हामी सांसदहरू, हामी विपक्षी दलका मात्रै होइन, सत्तापक्षका सांसदहरूले पनि हाम्रो क्षेत्रमा कति बजेट प¥यो भनेर रातो किताब किन कुर्नुपर्ने? हामीलाई योभन्दा अघि हाम्रो जिल्लामा कति पैसा परेको छ? सडक विभागले त्यहाँका सांसद, मेयर, उपमेयरलगायतका जनप्रतिनिधिलाई किन सोध्न नसक्ने? किन प्रधानमन्त्री, मन्त्री र कर्मचारीको मिलेमतोमा मात्रै बजेट छुट्टिनुपर्ने?’
अब आउने दिनमा ओपन बजेटको अवधारणामा गएर जनताबाट पनि सुझाव लिनुपर्ने उनको विचार थियो । गृहमन्त्रीतर्फ लक्षित गर्दै उनले छलफलका क्रममा भने, ‘अन्तिममा मेरो प्रश्न गृहमन्त्रीज्यूलाई। तपाईंलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाजजस्ता नारामा माया गरेर निर्वाचित हुनुभयो। गृहमन्त्रीज्यू, यो नारा कहाँ गयो ?’ सांसद राणाले प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरूको मिलेमतोमा मात्रै बजेट आउने गरेकाले त्यसले जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको जिकिर पनि गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउने
असोज २४, २०८१ बिहिबार
आफ्नै मतदातालाई धोखा दिने गद्दार नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ :: प्रभु साह
असोज २४, २०८१ बिहिबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
बार र बेञ्चको विवादः कात्तिक १ गते कसरी समाधान निस्कन्छ ?
असोज २४, २०८१ बिहिबार
अब टविटर 'एक्स' प्रयोगकर्तालाई मस्कले पैसा दिने
असोज २४, २०८१ बिहिबार
माछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्ड सेवा
असोज २४, २०८१ बिहिबार
तानसेनमा बडादशैंको फुलपाती भित्र्याइयो ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार
गोरखामा २८ वर्षीया युवतीको हत्या
असोज २४, २०८१ बिहिबार
हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइयो फूलपाती ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार